ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मकैको बीउमा आत्मनिर्भर

by चितवन पोष्ट
२०७० फाल्गुन २२, बिहीबार ०४:३२ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

चितवनमा पछिल्लो समय मकैको बीउ उत्पादन बढेपछि व्यावसायिक रुप लिन थालेको छ । अहिले चितवनका विभिन्न क्षेत्रहरुमा नौ हजार ७०० हेक्टरमा मकैखेती भइरहेको छ । यही वर्षबाट साढे १० हजार हेक्टरमा मकैखेती विस्तार गरिने अनुमान गरिएको छ । मकैखेती विस्तारका लागि कृषि मन्त्रालयअन्तर्गत बाली विकास निर्देशनालयबाट करिब १६ लाख रूपैयाँ बजेटसमेत चितवनमा आएको छ । मकैखेतीका लागि प्रतिहेक्टर २५ किलोदेखि ३० किलो बीउ आवश्यक पर्छ, जसमध्ये किसानहरुले बीउमा ३३ प्रतिशत अनुदान पाउने भएका छन् । ‘पहाडे मकै विकास’ कार्यक्रममार्फत कृषकले समूहमा लगाउँदा सुरूमा ७५ प्रतिशतसम्म मकैको बीउ अनुदान दिइएको थियो । यो कार्यक्रम चितवनलगायत अछाम, डोटी, डडेलधुरा, ताप्लेजुङ, खोटाङ, दैलेख, कास्की, काभ्रे, धनकुटालगायतका क्षेत्रमा लागू भइसकेको छ । अहिलेसम्म नेपालमा २२ जातका उन्नत मकैको विकास भइसकेको छ । नेपालमा अझै पनि करिब ५० प्रतिशत मकैको बीउ आयात गर्नुपर्ने बाध्यता छ ।
अहिले तराईका जिल्लाबाट पनि मकैको बीउका लागि किसानहरु चितवन आउनु खुसीको विषय हो । चितवन जिल्लामा गत वर्षभन्दा यस वर्ष करिब दोब्बरले मकैको बीउको माग बढेको पाइएको छ । बसन्ते मकैको उत्पादन बढाएर देशव्यापी बनाउन सके मोन्सान्टोले उत्पादन गरेको जिएम बीउको आयात विस्थापित गर्न सहयोग पुग्छ । यस वर्ष जिल्लामा लक्ष्यभन्दा बढी मकैको बीउ बिक्री हुनु आफैँमा खुसीको विषय हो । जिल्लामा ३५० मेट्रिकटन मकैको बीउको खपत हुने गरेकोमा अहिलेसम्म ४०० मेट्रिकटन मकैको बीउ किसानमाझ पुगिसकेको छ । चितवनमा रामपुरको मकै अनुसन्धान कार्यक्रममार्फत ‘पहाडे मकै विकास’ कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले यस वर्ष एक हजार हेक्टर क्षेत्रमा मकैखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ ।
चितवनमा अभियानमुखी कार्यक्रम सञ्चालन भएपछि मकैको बीउको माग अत्यधिक बढेको हो । मकैको बीउ लिन यतिबेला पहाडी क्षेत्रबाट किसानहरु चितवन झरेका छन् । ‘बसन्ते’ नामको मकैको बीउ लिन नवलपरासी, गोर्खा, लमजुङ, दमौली र पर्वतबाट समेत किसानहरु चितवनमा आउनु अत्यन्त खुसीको कुरा हो । यसअघि किसानहरु स्थानीय जातको मकैको बीउमा निर्भर भएका थिए । भारतबाट आयातीत मकैको बीउले राम्रो फसल नदिएपछि किसानहरु चर्को मारमा परेका थिए । राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्र रामपुरबाट उत्पादित मनकामना, बसन्तेजस्ता विभिन्न उन्नत जातका मकैका बीउ देशको भौगोलिक अवस्था र मौसम अनुकुल उपयोगी देखिएको छ । यसबाट मकैको बीउ आयात रोकेर स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने संकेत देखिएको छ ।

Related Posts

चैत २५ गते पत्रकार महासङ्घको निर्वाचन

जोखिमपूर्ण बन्दै विद्यालय क्षेत्र

Chitwan Post

बढ्दो दुर्घटना चिन्ताको विषय

Chitwan Post

सुरक्षित रहौँ, सचेतना अपनाऔँ

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In