ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नेपाल पत्रकार महासंघ हिजोदेखि आजसम्म

by चितवन पोष्ट
२०७० फाल्गुन २१, बुधबार ०१:३६ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-मधुसूदन दवाडी
पृष्ठभूमिः
प्रजातन्त्रको आधार–स्तम्भ मानिने पत्रकारिताको सुरूवात बेलायतबाट भएको हो, जहाँबाट विश्वमा प्रजातन्त्रको सुरूवात पनि भएको थियो, जसले गर्दा वेलायतलाई प्रजातन्त्रको जननी भनेजस्तै पत्रकारिताको जननी पनि भनिन्छ । पश्चिमा देशहरुमा प्रजातन्त्रको संस्थागत विकास हुन सक्नुमा ती देशहरुमा पत्रकारिताको संस्थागत विकास भएर नै हो । प्रजातन्त्रको भर्खर–भर्खर अभ्यास गर्दा राजनीतिक नेतृत्वको गैरजिम्मवारी तथा भ्रष्टाचारमा चुर्लुम्म डुबेका ती देशहरुमा प्रजातन्त्र संस्थागत हुन वर्षौं लाग्यो । मिडियाहरुले जनतालाई सही सूचना दिएर राजनीतिक नेतृत्वप्रति खबरदारी गर्दै गएपछि नै बेलायत तथा अमेरिकाजस्ता देशहरुमा लोकतन्त्र तथा सुशासनको संस्थागत विकास हुन पुग्यो । पत्रकारिता संस्थागत हुनका लागि प्रजातन्त्र संस्थागत हुन जरूरी थियो भने प्रजातन्त्र संस्थागत हुनका लागि पत्रकारिता संस्थागत हुनु अनिवार्य देखियो । त्यस कारण, पत्रकारिताको प्रारम्भिक विकाससँगै प्रजातन्त्र र पत्रकारिता दुवै एकापसमा अन्तरसम्बन्धित हुन पुगे । आजसम्म दुवै क्षेत्र एकापसमा अन्तरसम्बन्धित हुँदै आइरहेका छन् । विश्वमा प्रजातन्त्रको पाठ सिकाउने बेलायतदेखि विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतसम्मका हरेक प्रजातान्त्रिक गतिविधिहरु हेर्दा प्रजातन्त्रलाई संस्थागत गर्नका लागि मिडियाको भूमिका प्रभावकारी देखिन्छ ।
सन् १६६५ मा बेलायतमा अक्सफोर्ड गजेटको प्रकाशन प्रारम्भ भएपछि विश्वमा विधिवत् पत्रकारिताको प्रारम्भ भएको हो । त्यस समय बेलायत विश्वकै सबैभन्दा शक्तिशाली राष्ट्रका रुपमा परिचित थियो । अमेरिकामा भने वि.सं १७०४ बाट बोस्टन न्युज लेटर प्रकाशन प्रारम्भ भएसँगै पत्रकारिताको प्रारम्भ भएको थियो । प्रारम्भमा पनि ती देशको पत्रकारिता धेरै आशाभन्दा निराशाहरुबाट गुज्रिएको थियो । प्रेस समाजका सीमित कुलीन वर्ग तथा शासकहरुको नियन्त्रणमा थियो । प्रविधिको विकास र साक्षरता प्रतिशत निकै कम भएको तत्कालीन समयमा पत्रकारिताको प्रभाव ती देशहरुमा सीमित वर्गहरुसम्म रहेको थियो । साँघुरो विज्ञापन बजार तथा दक्ष जनशक्तिको अभावले गर्दा पत्रकारिताको प्रारम्भिक अवस्था निकै कठिन देखिन्थ्यो । पत्रकारिताको व्यावसायिक विकासको बहस तत्कालीन समयमा हुन सकेको थिएन भने पत्रकारिता क्षेत्रका लागि नैतिक मापदण्डहरु पनि विकसित भएका थिएनन् । अर्काेतर्फ, पत्रकारहरुको कुनै संघ, संगठनहरु पनि स्थापित भएको थिएन ।
सन् १६०० मा भारतमा व्यापार गर्ने उद्देश्यले प्रवेश गरेका अंग्रेजहरुले अन्ततः भारतलाई नै कब्जा गरे । उनीहरुकै प्रयासमा सन् १६८० मा भारतमा बङ्गाल गजेट भन्ने पत्रिकाको प्रकाशन प्रारम्भ भएपछि विधिवत् पत्रकारिताको प्रारम्भ भयो, तर पनि भारतमा व्यावसायिक पत्रकारिताको विकास हुन भने निकै समय पर्खनु प¥यो । प्रसारण पत्रकारिताको कुरा गर्दा छापा पत्रकारिताभन्दा धेरै पछि सन् १९२० मा अमेरिकामा स्थापित भएको व्यापारिक रेडियोका रुपमा केड्का रेडियोबाट प्रसारण पत्रकारिताको सुरू भयो, जुन रेडियो प्रविधि सन् १९२७ मा नै भारत आइपुग्यो । दोस्रो विश्वयुद्धपछि मात्र टेलिभिजन विश्वभर लोकप्रिय सञ्चारमाध्यमका रुपमा अगाडि आयो । सबैभन्दा कान्छो मिडियाका रुपमा भने सन् १९९२ बाट अनलाइन पत्रकारिताको प्रारभ्भ भयो, जुन माध्यम आज विश्वभर लोकप्रिय छ ।
नयाँ–नयाँ प्रविधिको विकाससँगै आज पत्रकारिता र पत्रकारको परिभाषा पनि बदलिँदै गएको देखिन्छ । अमेरिका र बेलायतजस्ता देशहरुको  पत्रकारिता आज राजनीतिक प्रभावबाट पूरा अलग भएर व्यावसायिक अभ्यास गरिरहेको छ भने भर्खर प्रजातन्त्रको अभ्यास गरिरहेका देशहरुमा यो विषय अझै बहसको विषय नै बनिरहेको देखिन्छ । विकसित देशहरुमा स्थापित भएका पत्रकारहरुको पेसागत संगठन पूर्णतया व्यावसायिक बहस गर्ने साझा थलोका रुपमा स्थापित भएका देखिन्छन्, जसमध्ये अमेरिकी समाचारपत्रका सम्पादकहरुको समाज पनि एक हो, जसको स्थापना सन् १९२० को दशकमा भएको थियो । यसले विश्वमा नै पहिलो पल्ट सन् १९२३ मा पत्रकारिताको व्यावसायिक विकासका लागि आवश्यक बुँदाहरुको विकास ग¥यो, जसले पत्रकारितालाई सभ्य र शिष्ट बनाउनका लागि यसमा जवाफदेहिता, प्रेस स्वतन्त्रताको सम्मान, स्वाधीनता, लगनशीलता, सत्यता, यथार्थता, निष्पक्षता, स्वच्छता र शिष्टता आदि जस्ता गुणहरु हुनुपर्दछ भनेर यसको नैतिक सिद्धान्तहरुको मापदण्डहरु बनायो, जसलाई आधार मानेर विश्वभरको पत्रकारिता अगाडि बढ्न सजिलो भयो ।
विकसित देशहरुको अभ्यासलाई हेर्दा पत्रकार महासंघ नै भने निर्वाचनमार्फत छानिने निकायहरु अस्तित्वमा नदेखिए पनि प्रेस काउन्सिल, सम्पादकहरुको समाज, संघीय सञ्चार आयोग भनेर सरकारी तथा गैरसरकारी रुपमा पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरु अस्तित्वमा देखिन्छन् । यस्ता संघ, संगठनहरु कुनै राजनीतिक छत्रछायामा भन्दा पनि देशको सञ्चार–नीति तथा कानुनबाट सञ्चालित छन् । ती देशहरुमा कुनै मिडियासम्बन्धी समस्याको समाधानका लागि राजनीतिक रुपमा कुनै राजनीतिक दल वा समूहको वा नेताको पछाडि कुद्नुपर्ने जरूरी नै पर्दैन । यसको कारण ती देशहरुमा पत्रकारिता व्यवसाय अति नै सम्मानित पेसा वा व्यवसायका रुपमा स्थापित भएको देखिन्छ । समाजका अन्यन्त क्षमतावान् तथा प्रतिष्ठित व्यक्तिहरुले मात्र यो पेसा अपनाउँछन् भन्ने त्यहाँको सामाजिक मान्यता रहेको छ । सामाजिक विज्ञानअन्तर्गत एउटा कलाका रुपमा रहेको यो पेसामा निकै अध्ययनशील तथा दक्ष मानिसहरु खटिने गर्दछन्, जहाँ एक डाक्टरभन्दा पत्रकारकै भूमिका मह¤वपूर्ण देखिन्छ, जसले समाजका हरेक घटनाहरुको चिरफार गर्दछ । सन् १९१६ मा स्विडेनबाट प्रेस काउन्सिलको अवधारणा अगाडि आएको थियो । झट्ट सुन्दा सरकारी निकायजस्तो लागे पनि यसको मुख्य उद्देश्य मिडिया र सरकारसँगको सम्बन्ध राम्रो बनाउनकै लागि थियो र विस्तारै विश्वका अन्य देशहरुमा पनि प्रेस काउन्सिलको स्थापना भयो ।
नेपालमा पत्रकार महासंघको स्थापना ः
नेपालमा गोरखापत्र तथा रेडियो नेपालको स्थापनासँगै पत्रकारिताको आधारभूत आधार प्रारम्भ भए पनि पत्रकारहरुको हकहितका लागि साझा संगठनको स्थापना हुनका लागि भने केही समय कुर्नुप¥यो । प्रजातन्त्रको स्थापना भएपछि वि.सं २००८ सालमा सत्यबहादुर श्रेष्ठको सभापतित्वमा नेपाल पत्रकार संघको स्थापना भएको थियो, तर यसले पछिसम्म निरन्तरता पाउन सकेन । वि.सं २०१२ सालमा नेपाल पत्रकार संघको पुनर्गठन गरी कृष्णप्रसाद भट्टराईले सभापतित्व गरेपछि यस संस्थाले धेरै पछिसम्म निरन्तरता पायो । सीमित पत्रकारहरुका बीचमा छलफल गरी सर्वसम्मतिमा पत्रकार संघको नेतृत्व चयन गर्ने परम्पराले धेरै वर्षसम्म निरन्तरता पायो, तर पत्रकार आचारसंहिताको निर्माण गर्न भने सकेको थिएन । वि.सं २०२३ सालमा मात्र पत्रकार संघको प्रथम सम्मेलन भएर यसले २२ बुँदाको पत्रकार आचारसंहिताको निर्माण ग¥यो जसमा स्वच्छ, स्वस्थ जनमत र जनव्यवहारको सृष्टि र विकास गर्ने प्राथमिक साधन पत्रकारिता हो भनेर उल्लेख गरिएको थियो । तत्कालीन अवस्थामा पञ्चायती तानाशाही व्यवस्था भएकाले पनि पत्रकारहरुले खुलेर व्यावसायिक अभ्यास गर्न पाएनन् ।
नेपालमा वि.सं २०१७ सालबाट विज्ञापन एजेन्सी स्थापना भए पनि सरकारले लिएको कडा नीतिका कारण व्यापारिक क्षेत्र फस्टाउन नसक्दा विज्ञापन क्षेत्र झनै साँघुरिन पुगेको थियो । पञ्चायती व्यवस्थामा तत्कालीन पत्रकार संघले खासै प्रभावकारी भूमिका खेल्न सकेन । सरकारी निकायका रुपमा रहेको प्रेस काउन्सिल र पत्रकार महासंघका बीचमा समय–समयमा एक प्रकारको द्वन्द्व पनि देखा परेको थियो । पञ्चायतकालमा नेपाली पत्रकारिता क्षेत्रमा मिसन पत्रकारिताको प्रारम्भ भयो । पत्रकारहरुले सत्य, तथ्य घटनाहरुलाई लेख्नेभन्दा पनि प्रजातन्त्र स्थापनालाई मुख्य एजेन्डा बनाए । पत्रकार महासंघको नेतृत्व पनि पूर्णतया प्रजातन्त्रको पुनस्र्थापना गर्ने एजेन्डामा नै होमिएको थियो । तत्कालीन अवस्थामा पत्रकार महासंघ सरकारविरोधी निकायका रुपमा र प्रेस काउन्सिल सरकारी निकायका रुपमा देखिँदा दुई संस्थाको बीचमा द्वन्द्वजस्तो देखिएको थियो ।
वि.सं २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएसँगै नेपालमा पत्रकार महासंघको भूमिका केही फराकिलो बन्न पुगेको देखिन्छ, तर पनि आचारसंहिता जारी गर्ने दायित्व पत्रकार महासंघको हो वा प्रेस काउन्सिलको भन्ने त बहसको विषय नै रह्यो । यसै कारण वि.सं २०५० सालमा प्रेस काउन्सिल र पत्रकार महासंघको छुट्टाछुट्टै आचारसंहिता जारी भयो । पछि दुवै आचारसंहितालाई संशोधन गरी वि.सं २०५५ मा पत्रकार आचारसंहिता २०५५ जारी भयो । देशमा भएको राजनीतिक परिवर्तन र नयाँनयाँ मिडियाको विकाससँगै पत्रकार आचारसंहिताहरुलाई पटकपटक संशोधन तथा परिमार्जन गर्ने गरिएको छ । अहिले नेपालमा वि.सं २०६० सालमा बनेको आचारसंहिताको संशोधन २०६४ सालमा भएर प्रयोगमा आइरहेको देखिन्छ । पछिल्लो आचारसंहिताले विद्युतीय तथा अनलाइनमा काम गर्ने सञ्चारकर्मीहरुलाई पनि पत्रकारको परिभाषामा समेटेको छ भने सूचनाको चोरी तथा अनाधिकृत प्रयोगलाई पनि नियन्त्रण गर्ने प्रयास गरेको देखिन्छ । यस साझा तथा महान् उद्देश्यले पत्रकार महासंघको परिकल्पना गरिएको थियो, तर पछिल्लो समयमा भने प्रेस चौतारी तथा प्रेस युनियनको गुटगत स्वार्थका कारणले यसको भूमिका केही सङ्कुचित बन्न पुगेको देखिन्छ । जसरी नेपालको राजनीतिमा सत्ता संघर्षले प्राथमिकता पाउँदा देशको समग्र विकास अन्यौलमा परेको छ, त्यसैगरी पत्रकार महासंघजस्तो गरिमामय संगठनमा देखिने सीमित स्वार्थ तथा पदको कलहले गर्दा पत्रकारिता क्षेत्रको व्यावसायिक विकास अन्यौलमा पर्ने खतरा पनि त्यत्तिकै बढ्दै गएको देखिन्छ । आफू पनि नगर्ने तथा राम्रो काम गर्न लाग्दा अरुको खुट्टा तान्ने प्रवृत्तिको पनि अन्त्य हुन अति आवश्यक देखिन्छ । राजनीतिक झगडा वा स्वार्थको कारणले विवाद गर्नेभन्दा पनि दुवै समूहको समुचित प्रयास ज्ञान र विवेकलाई प्रयोग गरेर यस क्षेत्रको गुणात्मक विकास गर्नु आज सबैको दायित्व हुन आउँछ ।
देशमा प्रजातन्त्रको पुनस्र्थापना भएपछि वि.सं २०४७ सालमा गोपाल थपलियाको अध्यक्षतामा तदर्थ समितिको रुपमा पत्रकार महासंघ चितवन शाखाको स्थापना भएको थियो । पछि, क्रमशः महेन्द्र श्रेष्ठ, कृष्ण भण्डारी, कृष्ण गिरी, जनक अर्यालजस्ता व्यक्तित्वहरुले यसको अध्यक्षता गरिसकेको देखिन्छ । कति जना भूतपूर्व अध्यक्षहरु यस पेसाबाट पलायन भएका उदाहरणहरु पनि छन् । अहिले चितवनमा पत्रकार महासंघको सदस्यता १९४ पुगिसकेको छ भने यसले आफ्नो छुट्टै भवन पनि बनाइसकेको छ । पत्रकारको सुरक्षा तथा क्षमता अभिवृद्धिमा पत्रकार महासंघ जिल्ला शाखाले काम गर्दै आएको छ । नेतृत्व तहमा प्रेस चौतारीले धेरै पटक प्रतिनिधित्व गरेता पनि महासंघलाई अप्ठेरो पर्दा सर्वपक्षीय भेला तथा सहकार्यको कार्यले भने सधैँ निरन्तरता पाइरहेको देखिन्छ, जसले भोलिसम्म निरन्तरता पाइरहनुपर्छ । श्रमजीवी पत्रकारहरुको हकहितदेखि संख्यात्मक रुपमा खुलेका मिडियाहरुको गुणात्मक र व्यावसायिक विकासका लागि पनि महासंघको भूमिका अझै प्रभावकारी हुनु जरूरी छ । यसका लागि अबको महासंघको नयाँ नेतृत्वले कुनै पनि गुट वा उपगुटको स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्दछ ।

Related Posts

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

नकारात्मकतातिर उन्मुख सामाजिक सञ्जाल

कोरोना डायरी : हात नमिलाउने घोषणा र लाखौँ मास्क वितरण

कोरोना डायरी : हात नमिलाउने घोषणा र लाखौँ मास्क वितरण

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

Discussion about this post

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In