मेडिकल सिटीको रुपमा परिचित जिल्ला हो चितवन । यहाँ मेडिकल तथा अस्पतालहरुको निकै ठूलो भीड रहेको छ । प्रायः सबैको उपचार गर्ने तरिका एउटै । तर, यो भीडभन्दा केही पर शान्त स्थानमा प्राकृतिक वातावरणका बीच सञ्चालनमा छ, योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय जसको उपचार गर्ने तरिका नै छुट्टै छ । भरतपुर–१ मा वागीश्वरी आध्यात्मिक परिषद्, योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित यस चिकित्सालयका प्रमुख डा. हेमराज कोइराला हुन् । भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत एस.डी.एम. कलेज अफ नेचुरपेथी एण्ड योगिक साइन्सेसबाट ब्याचलर पढेका उनले मणिपाल विश्वविद्यालयबाट मास्टर अफ फिलोसोफी गरेका हुन् । उनै डा. कोइरालासँग चितवन पोष्ट दैनिकले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।
१) योग तथा प्राकृतिक चिकित्सा कस्तो किसिमको उपचार पद्धति हो ?
– योग तथा प्राकृतिक चिकित्सा भनेको चाहिँ औषधिविहीन उपचार पद्धति हो । यसमा औषधि ख्वाएर उपचार गर्ने नभई शरीरभित्रबाट नै उपचार खोजिन्छ । प्रकृतिसँग सामञ्जस्य गरेर प्रकृति र मानवको अन्तरसम्बन्धलाई बढाउँदै प्रकृतिसँग नजिक हुँदै प्राकृतिक वातावरणमा घुलमिल हुँदै गर्दा मान्छे आफैँ स्वस्थ रहन्छ । जब मान्छे प्रकृतिबाट टाढा हुन्छ, रोगी हुन्छ, दुःखी हुन्छ, विपद्मा पर्छ तर जब मान्छे प्रकृतिमा फर्केर आउँछ तब ऊ सुखी हुन्छ, शान्त हुन्छ, निरोगी हुन्छ । यसरी नै प्रकृतिसँग सामञ्जस्य कायम गरेर गरिने उपचार पद्धति प्राकृतिक चिकित्सा हो ।
२) कस्ता–कस्ता समस्या तथा रोगहरुको यस पद्धतिद्वारा उपचार गर्न सकिन्छ ?
– सबै विधाका आआफ्ना लिमिटेसन भएजस्तै प्राकृतिक चिकित्सा र योग चिकित्साको उपयोगिता नसर्ने रोगहरुमा रहेको छ । संसारमा दुई किसिमका रोगहरु छन्, सरूवा रोग र नसर्ने रोग । सरूवा रोगहरुको कारणचाहिँ कीटाणु, विषाणु, ल्याउ, झ्याउ, ढुसीजस्ता सूक्ष्म जीवको कारणले हुन्छ । तर नसर्ने रोगहरुचाहिँ जीवनशैलीको कारणले, खानपानको कारणले, मानव र प्रकृतिसँगको बढ्दो दूरीका कारणले, आधुनिक परिवेशका कारणले, विज्ञान र प्रविधिका सामानहरुको अत्यधिक प्रयोगका कारणले मान्छे विस्तारै रूग्ण भइरहेको छ । जस्तै मुटुरोग, मधुमेह, उच्च रक्तचाप, मस्तिष्कघात, नसा च्यापिने, हड्डी खिइने, जोर्नीहरु खिइने, अटो ईम्युनका समस्याहरु, बाथरोग, पिनास, माइग्रेन, साइनोसाइटिस, दम, खोकी, विभिन्न किसिमका क्यान्सरहरु, छालाका रोग, किड्नी फेलियर, अर्गान फेलियर, लिभर फेलियर, हर्ट फेलियरलगायतका विभिन्न किसिमका नसर्ने रोगहरु, एउटा व्यक्तिबाट अर्काेमा नसर्ने तर उसैभित्रका खराब आनीबानी र आदतका कारणले उब्जिएको रोगमा प्राकृतिक चिकित्सा असाध्यै उपयोगी र प्रभावकारी छ ।
३) तपाईंहरुको यस योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा पनि यी सबै रोगहरुको उपचार हुन्छ त ?
– विशेषगरी, हामीले दुईवटा क्लिनिकबाट सेवा सुरू गरेका हौँ, अहिले दुईवटा क्लिनिकमा नै सीमित छौँ । एउटा न्यूरो क्लिनिक– न्युरोलोजीका रोगहरु, नसाका रोगहरुको । दोस्रोचाहिँ अर्थाेपेडिक्स– हाडजोर्नीका रोगहरुको । यी दुईवटै क्लिनिक एकदम सफल भइरहेका छन् । अब हामी केही समयपछि नै थप विभागहरु थप्दैछौँ । हामीलाई प्रदेश सरकारबाट पनि चिकित्सालयको विकास, विस्तार र स्तरोन्नतिका लागि सहयोग भएको छ । त्यसबाट केही यन्त्र उपकरणहरु खरिद गरेर जलचिकित्सा विभाग, अग्नि चिकित्सा विभाग, माटो चिकित्सा विभागहरु खोल्दैछौँ । त्यसपछिचाहिँ हामी अन्य पेटसम्बन्धी रोगहरु पनि ठीक गर्छाैं । त्योसँगै हामी मुटुरोगको उपचार गर्छाैं । कोर्नरी आर्टरी डिजिज हर्टअट्याक जसको कारण हुन्छ, ब्रेन अट्याक जसको कारणले हुन्छ ती रोगलाई उल्ट्याउने प्रविधि सञ्चालन गर्छाैं । डाइबिटिजलाई नर्मल अवस्थामा ल्याउने प्रविधि पनि हामीसित छ । उच्च रक्तचाप कन्ट्रोल गर्ने प्रोग्राम पनि हामीसित छ । अबको केही समय अर्थात् फागुनसम्मचाहिँ ती क्लिनिकहरु बनाएर तत्कालै सञ्चालन गरेर लगभग सबै किसिमका मेजर नसर्ने रोगहरुको हामी उपचार गर्छाैं ।
४) प्राकृतिक चिकित्सामा कस्ता–कस्ता उपचार विधि अपनाउने गरिएको छ ?
– विशेषगरी प्राकृतिक त¤वहरु माटो, पानी, हावा, घाम, आकासजस्ता पाँच महाभूत भन्छौँ, यी पञ्च महाभूतहरुको उपयोगद्वारा हामी उपचार गर्छाैं । यसैगरी, हामीले चाइनिज परम्परागत उपचार पद्धति अकुपञ्चरको पनि सहारा लिन्छौँ । जापानिज परम्परागत चिकित्सा पद्धति सियात्सु चिकित्साको पनि सहारा लिन्छौँ । नेपाली परम्परागत चिकित्सा पद्धति जडीबुटी उपचार पद्धतिको पनि सहारा लिने गरेका छौँ । त्यसैगरी, थाई उपचार पद्धति मसाजको, थाई मेनुपुलेसन भन्छौँ त्यसको पनि सहारा लिने गरेका छौँ । यस्तै चुम्बक चिकित्सा, रङ्ग चिकित्सा, खाद्य चिकित्सा, उपवास, भोजन चिकित्सा, पोषण चिकित्सा, रेकी, काइरो प्राक्टिस, अस्टियोपेथी, फिजियोथेरापीलगायत विश्वभरमा जति पनि ड्रगलेस थेरापी छन् तिनीहरुको उपयोगद्वारा हामी प्राकृतिक चिकित्सा गर्छाैं ।
५) त्यसो भए माथिका सबै रोगीहरु तपाईंहरुको यस प्राकृतिक चिकित्सालयमा आएर उपचार गरे भने औषधि नखाईकन निको हुन्छन् वा औषधि खाइरहेका छन् भने त्यो खानुपर्दैन हो ?
– जसले औषधि खाइरहनुभएको छ उहाँहरुलाई औषधि झट्टै हटाउने होइन । तर, प्राकृतिक चिकित्सा गर्दै गएपछि बिस्तारै त्यो औषधि ट्यापर गर्दै लगेर त्यसलाई निर्मूल नै बनाउने हाम्रो चाहना रहेको छ । त्यो प्राक्टिस यहाँ भइरहेको पनि छ र यसमा हामी धेरै नै सफल भएका पनि छौँ । डाइबिटिज रिभर्सलको यहीँ ट्रायल ग¥यौँ, धेरै नै राम्रो रिजल्ट आएको छ । कोर्नरी आर्टरी डिजिजको अथवा हर्टअट्याक जसको कारणले हुन्छ त्यो रिभर्सल प्रोग्रामको पनि राम्रो रिजल्ट आएको छ । त्यस्तै, किड्नी फेलियरको उपचार पनि एकदमै प्रभावकारी भएको छ । समग्रमा भन्नुपर्दा नसर्ने रोगहरुको उपचार एकदमै प्रभावकारी भएको छ ।
६) अकुपञ्चर, एनिमाजस्ता उपचार विधिका कुनै साइड इफेक्ट छन् कि छैनन् ?
– एलोपेथी दबाइ खाएजस्तो बढी साइड इफेक्टचाहिँ छैन । तर, हामीले पढ्दाखेरि केचाहिँ पढेका थियौँ भने जसको साइड इफेक्ट हुँदैन उसको इफेक्ट पनि हुँदैन । जे होस्, केमिकल खाएर हुनेजस्तो साइड इफेक्ट प्राकृतिक उपचारमा हुँदैन ।
७) प्राकृतिक चिकित्सामा डिप्रेसन, अनिद्राजस्ता समस्याहरुको पनि बिनाऔषधि उपचार हुन्छ भनिन्छ नि ?
– हो, प्राकृतिक चिकित्साका सिद्धान्तमा डिप्रेसन, अनिद्रा, मानसिक तनाव, चिन्ता, भय, उदासीनताजस्ता अनेकौँ मानसिक समस्याहरुको पनि उपचार हुन्छ । तर, अहिले हामीले ती डिपार्टमेन्ट नबनेकाले उपचार गरेका छैनौँ । आगामी फागुनदेखिचाहिँ हामी यो सेवा पनि सञ्चालनमा ल्याउँदैछौँ ।
८) अब त्यो विभाग सञ्चालनमा आएपछि साइकियाट्रिकको दबाइ खाइरहेकाहरु पनि औषधि खान नपर्ने अवस्थामा पुग्छन् त ?
– धेरै जनालाई हामीले औषधि छुटाएर निको पनि बनाएका छौँ, म यहाँ आउनुभन्दाअगाडि । यसअघि म काठमाडौँमा थिएँ । अब यो ठाउँमा पनि त्यो प्राक्टिस हुन्छ । मानसिक समस्या साइकोसिस र न्यूरोसिस गरी दुई किसिमको हुन्छ । हामी न्यूरोसिसको चाहिँ राम्रो उपचार गर्छाैं । साइकोसिस भइसकेर वास्तविकतासँग सम्बन्ध कटिएका मान्छेहरुलाईचाहिँ औषधि छुटाउन एकदम मुस्किल पर्छ, त्यस्तालाईचाहिँ एलोपेथी नै राम्रो । तर, न्यूरोसिससम्मको अवस्थालाईचाहिँ हामी एकदमै राम्रो गर्छाैं ।
९) भनेपछि तपाईंहरुको अबको लक्ष्यअनुसार सुगर, प्रेसर, मुटुरोग भएकाहरुलाई पनि औषधिबिना बाँच्न सक्ने बनाउनुहुन्छ ?
– सुगर हामी रिभर्स (बढेको सुगरलाई सामान्य अवस्थामा ल्याउने) नै गर्छांै । प्रेसर, मुटुरोगलाई पनि उल्ट्याउन सक्छौँ अर्थात् पहिलेकै सामान्य अवस्थामा ल्याउन सक्छौँ ।
१०) जे होस्, अब अहिलेसम्म औषधि खाएर वाक्कदिक्क भएकाहरुले यहाँ आएर उपचार गरेपछि राहत पाउने भए ?
– बिलकुल, राहत पाउने अवस्था छ र यो प्राकृतिक चिकित्सा पद्धतिको अवलम्बन गरेर उहाँहरुले सुखी, स्वस्थ र दीर्घजीवनको आशा गर्न सक्नुहुन्छ ।
११) खानपिनबाट पनि बिरामीको उपचार गरिन्छ भन्नुभयो, के खुवाउनुहुन्छ बिरामीलाई ?
– के ख्वाउनेभन्दा पनि एउटा सामान्य सिद्धान्तमा अडिग रहेर खानेकुराको प्लान गर्छाैं । सबैभन्दा पहिलो कुराचाहिँ प्राकृतिक खाद्यान्न । प्राकृतिक तरिकाले उमारिएको, प्राकृतिक तरिकाले खेती गरिएको, गाईको मल हालेको, युरियालगायत रासायनिक मल नहालेको अर्थात् कृत्रिम तरिकाले नउमारिएको, जेनेटिकल्ली चेन्ज नगरेको, हाइब्रिड नभएर लोकल खानेकुराहरु खोजीखोजी ख्वाउँछौँ ।
दोस्रो कुराचाहिँ जुन सिजनमा जे फल्यो त्यही चीज खानुपर्छ भन्ने हाम्रो जोड छ । जस्तो कि सुन्तलाको सिजनमा सुन्तला खाने, आँपको सिजनमा आँप खाने । यतिखेर आँप खोजेर भएन, आँप पाइन त पाइन्छ बजारमा तर त्यसले नोक्सान पु¥याउँछ । अर्काे रिजनल, जुन क्षेत्रमा जे फल्छ त्यही खानुचाहिँ सबभन्दा उत्तम हुन्छ ।