एचएका बेपत्ता विद्यार्थी फेला परेनन्

अन‌ि यो पनि

भरतपुर । भरतपुर अस्पतालमा काम गर्न हिँडेका चैनपुर–२, ज्यामिरे निवासी स्वास्थ्य सहायक (एचए) का विद्यार्थी बेपत्ता भएका दुई साता हुँदा पनि फेला परेका छैनन् ।
स्थानीय १७ वर्षका कमल भुसाल हराएको दुई साता बित्दासमेत उनको अवस्था पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घरबाट भरतपुर अस्पतालमा प्रयोगात्मक ड््युटीमा हिँडेका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी निरीक्षक जीवलाल चुदालीले उनको खोजी जारी राखेको भए पनि अझै फेला पार्न नसकिएको बताउनुभयो । फागुन ४ गते घरबाट ड््युटी गर्न भनी हिँडेको भए पनि अस्पतालमा साथीले उनलाई नदेखेको जानकारी आएको प्रहरीले जनाएको छ । साँझ घरमा आमालाई फोन गरेर साथी कहाँ बस्ने जनाए पनि उनी ५ गतेदेखि बेखबर भएको परिवारलाई उद्धृत गर्दै प्रहरी निरीक्षक चुदालीले बताउनुभयो ।
भुसाल भरतपुर अस्पतालनजिकै एचए तेस्रो वर्षमा अध्ययनरत थिए । उनी अस्पतालमा प्रयोगात्मक काम गर्न आउने क्रममा बेपत्ता भएका हुन् । पातलो शरीर, गहुँगोरो र पाँच फिट उचाइका भुसालले खरानी रङ्गको पाइन्ट लगाएका थिए । उनले कानमा सुनको मुन्द्रासमेत लगाएको परिवारले जनाएका छन् ।
उनका आफन्त कुलप्रसाद भुसालले घरमा कुनै समस्या नभएको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कमलका परिवारले निवेदन दिए पनि हालसम्म फेला पार्न सकिएको छैन । उक्त हुलियाका व्यक्ति देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ । रासस

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया