दिव्यनगर । महिला सशक्तिकरणका लागि पुरूषको संलग्नताको प्रभावकारिता विषयक अन्तक्र्रिया कार्यक्रम मंगलबार दिव्यनगर गाविसको खयरघारीमा सम्पन्न भएको छ । अन्तक्र्रिया कार्यक्रमले दोस्रो पटक रक्सी खाएर होहल्ला गरे पाँच सय जरिबाना लगाउने निर्णय गरेको छ ।
समुदायका महिला र पुरुषबीच संयुक्त छलफल भएको थियो । केएर नेपाल र कालिका सामुदायिक महिला विकास केन्द्रको साझेदारीमा सञ्चालन भएको रूपान्तरणका लागि महिला सशक्तिकरण सक्षम कार्यक्रमअन्तर्गत महिलाको रूपान्तरणका लागि पुरूषहरुको परिवर्तनसमेत उत्तिकै जरूरी हुने भएकोले महिलाहरुको सक्रियतामा गठन भएको सहयोगी पुरूष समूहको सहभागितामा छलफल गरिएको थियो ।
यसैअन्तर्गत महिला समूह गठन भएर पुरूषलाई के–के फाइदा भएको छ र पुरूष समूहको परिचालनले महिलाहरुलाई के–कस्तो फाइदा भएको छ भनी अन्तक्र्रियात्मक छलफल गरिएको थियो । जसअन्तर्गत महिलाको र पुरूषको समूह छुट्टाछुट्टै र संयुक्त छलफल हुन थालेपछि घरपरिवार र समुदायमा समेत यसको सकरात्मक परिवर्तन आएको सहभागीहरुले बताएका थिए । समुदायमा अब आइन्दा जाँड रक्सी खाई होहल्ला गर्नेलाई पहिलो पटक सम्झाउने र दोस्रो पटक खाएमा ५०० जरिबाना गर्ने गरी संयुक्त नीति नियम समेत पारित भएको छ ।
सहयोगी पुरुषसमूहको अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न गरिएको यस छलफल कार्यक्रमको सहजीकरण संस्थाका फिल्ड अधिकृत सरस्वती अधिकारी र कार्यक्रम संयोजक कृष्ण पन्तले गर्नु भएको थियो ।
Discussion about this post