काठमाडौँ । संविधानसभाले संविधानसभा नियमावली मस्यौदा समितिको कार्यावधि आउँदो २७ गतेसम्मका लागि थप गरेको छ ।
संविधानसभाको मंगलबारको बैठकले नियमावलीमा उठेका दुई÷तीनवटा विषयमा रहेको विवाद टुङ्ग्याउन बाँकी रहेको तथा छपाइलगायतका प्राविधिक काम सक्नेसमेत समय अपुग भएको भन्दै सो समितिको म्याद थपेको हो ।
संविधानसभा नियमावली मस्यौदा समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको समय थपसम्बन्धी प्रस्ताव आजको संविधानसभा बैठकमा पेस गर्नुभएको थियो ।
सो प्रस्तावलाई सभाध्यक्ष सुवास नेम्वाङले निर्णयार्थ प्रस्तुत गर्दा सभाले स्वीकृति दिएको थियो । पहिलोपटक फागुन १० गतेसम्म समयावधि पाएको नियमावली मस्यौदा समितिले उक्त समयमा काम पूरा गर्न नसकेपछि हप्ता दिनका लागि समय थपिएको थियो । तर सो अवधिमा पनि संविधान प्रमाणीकरण तथा जारी, संविधानभित्र दबावमूलक समूह (ककस) गठन र ह्वीपलगायतका विषयमा सहमति जुट्न नसकेपछि यही फागुन १७ गतेदेखि लागू हनेगरी आज समयावधि थपिएको हो ।
“कपितय विषयमा रहेका विवाद टुङ्ग्याउन पनि बाँकी छ भने नियमावली छपाइलगायतका काम गर्न पनि केही समय लाग्ने भएकाले समय थपका लागि प्रस्ताव गरेको छु,” नियमावली मस्यौदा समितिका सभापति कर्णले भन्नुभयो ।
सो बैठकमा सभाध्यक्ष नेम्वाङले व्यवस्थापिका–संसद्को काम(विजनेस)मा सरकारले तत्परता देखाउनुपर्ने भए पनि संविधानसभाले आङ्घनो विजनेस बनाउनुपर्दछ त्यसका आधार तयार गर्नुपर्दछ भन्नुभयो ।
उहाँले संविधानसभामा द्रुतगतिमा नियमितरुपमा संविधान निर्माणको प्रक्रियालाई सभासद्हरूको भावनाअनुरुप टुङ्गोमा पु¥याउनका लागि हामी सबै तयार छाँै तर अघि बढ्ने मुख्य आधार भनेको नियमावली भएकाले नियमावली जसरी पनि टुङ्गोमा पुग्नुपर्दछ भन्नुभयो ।
Discussion about this post