काठमाडौँ । निजी तथा आवासीय विद्यलाय अर्गनाइजेसन (प्याब्सन)को १२ औँ महाधिवेशन फागुन २२ देखि २४ गतेसम्म ललितपुरको लिटल एञ्जल्स स्कुल, हात्तीवनमा हुने भएको छ ।
महाधिवेशनको जानकारी गराउने उद्देश्यले मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डा बाबुराम पोखरेलले सम्मेलन देशभरका लगभग एक हजार ६०० प्रतिनिधि सहभागी हुनेछन् । उहाँले मुलुकको शैक्षिक समुन्नतिमा महत्वपूर्ण योगदान पु¥याएको निजी शिक्षा क्षेत्रलाई अझै पनि राज्यले मूल्याङ्कन गर्न नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो “राज्यले निजी विद्यालयप्रति गरेको व्यवहारले राज्य आङ्घना नागरिकप्रति विभेद्पूर्ण व्यवहार गरिरहेको प्रष्ट भइरहेको छ ।”
उहाँले निजी शैक्षिक संस्थाहरूको अग्रणी संस्था प्याब्सनले आङ्घनो स्थापनाकालदेखि नै उठाउँदै आएका शैक्षिक मुद्दाहरूलाई ओझेलमा पार्दै राज्यले कहिले ४५ प्रतिशत आरक्षित छात्रवृत्ति कोटाको नाममा, कहिले एक प्रतिशत शिक्षा सेवा शुल्क (कर)का नाममा निजी क्षेत्रलाई दबाउन खोजिरहेको टिप्पणी गर्नुभयो ।
प्याब्सनका सल्लाहकार उमेश श्रेष्ठले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गरिरहेको निजी शिक्षा क्षेत्रलाई लगानीमैत्री एवम् सुरक्षित वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
वरिष्ठ सल्लाहाकार भोजबहादुर शाहले संविधान, शिक्षा ऐन नियम तथा विनियममा निजी शैक्षिक क्षेत्रलाई स्पष्टरुपमा उल्लेख गरी यस क्षेत्रले पु¥याएको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।
प्याब्सनका महासचिव डिके ढुङ्गानाले शिक्षाको गुणात्मक विकासका लागि निजी क्षेत्रबाट भएको अर्बौको लगानीको सुरक्षाको प्रत्याभूतिका लागि कानुनी स्पष्टता ल्याउनुपर्नेमा जोड दिनुभयो ।
Discussion about this post