प्रहरी टोलीमाथि आक्रमण, चार घाइते

अन‌ि यो पनि

राजविराज । लुटिएको मोटरसाइकल बरामद गर्न खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीमाथि गएराति सप्तरीको मलेठ गाविस–९ जगदरीमा आक्रमण भएको छ ।
प्रहरी सहायक निरीक्षक भगवानी ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीमाथि जगदरी टोलका स्थानीयले लाठी, बाँसको फट्टाले आक्रमण गरेका थिए । आक्रमणबाट प्रसनि ठाकुरसहित, प्रहरी हवल्दार प्रदीप यादव, प्रहरी जवान रामप्रसाद यादव र गोपाल राजवंशी घाइते भएका छन् । घाइतेको अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
प्रहरी टोलीमाथि आक्रमण गर्ने मलेठ गाविस–९ का मो कुदुस, मो कलाम, मो मासुम, मो जयाबुललाई प्रहरीले गिरङ्घतार गरेको छ । अन्य आधा दर्जनभन्दा बढी आरोपितको तीव्रताका साथ खोजी भइरहेको प्रहरी उपरीक्षक दिनेश अमात्यले बताउनुभयो ।
आरोपितविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्धा चलाइने प्रउ अमात्यले जानकारी दिनुभयो । मलेठ–९ जगदरीस्थित मो हैदरको घरमा लुटेर राखिएको को१५प २४१० नम्बरको अपाचे मोटरसाइकलसमेत प्रहरीले राति नै बरामद गरी ल्याएको छ । राजविराजबाट घरतर्फ जाँदै गरेका मलेठ गाविस–४ का छोटेलाल यादवलाई लुटपिट गर्दै हिजो दिउँसो लुटिएको मोटरसाइकल पत्ता लगाई बरामद गर्न प्रहरी टोली खटिएको थियो । रासस

प्रतिकृया

मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस पुनः सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः आजदेखि बहस सुरु भएको छ । सर्वोच्च...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया