ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अधिकारी दम्पती अनसन विषयमा सभामुखको सरकारलाई रूलिङ

by चितवन पोष्ट
२०७० फाल्गुन २०, मंगलवार ०४:०२ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले लामो समयदेखि वीर अस्पतालमा अनशनरत नन्दप्रसाद अधिकारी दम्पतीले उठाएका मागका विषयमा जानकारी गराउन सरकारलाई रूलिङ गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को सोमबार बसेको बैठकमा सभासद्ले प्रश्न उठाएपछि अध्यक्ष नेम्वाङले अधिकारी दम्पती लामो समयदेखि अनशन बसे पनि उहाँहरुको समस्या समाधान गर्नेतर्फ कुनै पहल भए नभएको र अनशन टुङ्ग्याउनका लागि भएको प्रयास कुन अवस्थामा पुगेको छ भन्ने विषयमा जानकारी गराउन रूलिङ गर्नुभएको हो ।
व्यवस्थापिका–संसद्को चालु बैठकमा सभामुखले सरकारको नाममा पहिलो पटक रूलिङ गर्नुभएको हो । निवर्तमान मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको निर्देशनमा अधिकारी दम्पतीको अनशन टुङ्ग्याउनका लागि भएको सहमति कार्यान्वयन भएको छ वा छैन, उहाँहरुको माग के हो, त्यो माग सम्बोधन गर्नका लागि भएका पहल र प्रयास केके भएका छन् सोका बारेमा अर्को बैठकमा जानकारी गराउन अध्यक्ष नेम्वाङले ध्यानाकर्षण गराउनुभएको थियो ।
यस्तै टनकपुर बाँधका सम्बन्धमा प्रधानमन्त्री सुशील कोइरालाले केही दिनअघि दिनुभएको भनिएको अभिव्यक्तिका विषयमा पनि सरकारको आधिकारिक धारणाबारे व्यवस्थापिका–संसद्लाई जानकारी गराउन सभामुखले ध्यानाकर्षण गराउनुभएको छ । एमाओवादीका  जनार्दन शर्माले टनकपुर बाँधका सम्बन्धमा प्रधानमन्त्रीको धारणा के हो भनी प्रश्न गर्नुभएको थियो ।
स्थानीय निकायको चुनाव गराउन माग
बैठकमा अधिकांश सभासद्ले लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको भन्दै तत्काल निर्वाचनको माग गरेका छन् । संविधानसभा निर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले जारी गरेको घोषणापत्रमा पनि छ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता गरिउको र सरकारले पनि सो सम्बन्धमा आफ्नो धारणा प्रष्ट राखिसकेका अवस्थामा तत्काल निर्वाचन गर्नुपर्नेमा सभासद्ले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जनताले सेवासुविधा नपाएको र प्रति वर्ष रु ७५ अरबभन्दा बढी रकम स्थानीय निकायमा गए पनि त्यसको सदुपयोग हुन नसकेको आरोप सभासद्ले लगाए ।
सभासद् चित्रबहादुर केसीले स्थानीय तहको निर्वाचन गर्नका लागि तत्काल निर्वाचन ऐनको व्यवस्था गर्न र आगामी जेठभित्र निर्वाचन सम्पन्न गर्न माग गर्नुभयो । सभासद् भरतमोहन अधिकारीले स्थानीय निकायमा अनियमितता र भ्रष्टाचार मौलाएको भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभयो ।
सभासद् दिलनाथ गिरी, सभासद् इन्द्रबहादुर बानियाँले पनि जनप्रतिनिधिको अभावमा स्थानीय निकाय लथालिङ्ग भएको भन्दै निर्वाचनको माग गर्नुभयो । व्यवस्थापिका संसद्को सोमबारको बैठकको शून्य समयमा धारणा राख्ने ३१ सभासदले विभिन्न तह र तप्काका समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
तोकिएको एक मिनेटको समय सीमाभित्र सभासदले विकास निर्माण, खानेपानी, भौतिक पूर्वाधार, सिंचाइ सुविधा, विपद् व्यवस्थापन, जङ्गली जनावरको आक्रमणबाट जनधनको क्षतिको विषयमा सरकारले कुनै पनि सरोकार नराखेको भन्दै समस्या समाधानका लागि ध्यानाकर्षण गराउनु भएको हो ।
यस्तै मुस्लिम आयोगलाई संवैधानिक आयोग बनाउन, द्वन्द्वकालको सम्पूर्ण घटना सार्वजनिक गर्नका लागि तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग गठन गर्न र सहिद परिवारलाई तत्काल दस लाखको दरमा क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गर्नुभएको थियो ।
उहाँहरुले कुनै तयारी नगरी त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेको र त्यसबाट विद्यार्थी सङ्गठन आन्दोलित भएकोबारे शिक्षामन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधलीको छानबिन गर्नका लागि गठन हुने भनिएको उच्चस्तरीय संसदीय समिति गठन हुन नसकेकामा आपत्ति प्रकट गरियो ।
अस्थायी शिक्षकले जारी राखेको आन्दोलन, सेवासुविधाको माग राख्दै ज्येष्ठ नागरिकको रिले अनशनलगायतलाई तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराइएको थियो । यस्तै, नौबिसे–नागढुङ्गा सडक खण्ड निर्माणको क्रममा भएको ढिलासुस्ती, काठमाडौँ उपत्यकामा सडक विस्तारका क्रममा भएको लापरबाही तथा अनियन्त्रित सवारी साधनका कारण उपत्यकामा बढेको प्रदूषणका कारण नागरिक समस्यामा परेको भन्दै तत्काल निर्माण सम्पन्न गर्न माग गरिएको थियो ।
वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक नभएका कारण बिरामीले उचित सेवा सुविधा नपाएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गराइएको थियो ।

Related Posts

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

कांग्रेस नेता सहभागी कार्यक्रममा तोडफोड

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

वरिष्ठ नेता पौडेल पारिवारिक शोकमा

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In