ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

एनआरएनलाई राजनीतिक अधिकारसहितको नागरिकता दिइनुपर्छ : गौरीराज जोशी

-केशव भट्टराई

by namastec
२०७६ कार्तिक ३, आईतवार ११:१२ गते
in अन्तर्वार्ता
0
0
SHARES
Share on FacebookShare on Twitter

चितवनको रत्ननगर–१० घर भई हाल अमेरिकाको टेक्ससमा सूचना प्रविधि व्यवसायमा सफल ठहरिएका गौरीराज जोशी एनआरएनएको नवौँ अधिवेशनमा सचिव पदमा विजयी बनेका छन् । उनले विभिन्न संघसंस्थामा सहयोग गर्दै आएका छन् । समाजसेवा र मानवीय सहयोगका निम्ति सधैँ अग्रसर रहँदै आएका जोशी अमेरिकामा बस्ने नेपालीहरुले गर्ने हरेक गतिविधि, सांस्कृतिक, धार्मिक कार्यक्रममा सारथिको काम गर्दै आइरहेका छन् । उनको सकारात्मक सोच, दृढ संकल्प र साधारण जीवनशैली सबैका लागि प्रेरणादायी बन्न पुगेको छ । गैरआवासीय नेपाली एवम् जन्मथलोमा रहने आमसर्वसाधारणका भरोसाका केन्द्र जोशीसँग एनआरएनएको भावी योजना र लगानीका विषयमा केन्द्रित रहेर चितवन पोष्ट दैनिकले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

१) एनआरएनएको सचिवमा विजयी हुनुभएको छ । कस्तो अनुभूति भइरहेको छ ?

–एकदमै उत्साहित भएको छु । र, साथसाथै चुनौती र काम गरेर देखाउने जिम्मेवारी पनि थपिएको छ । जीतलाई संस्थागत गर्दै संस्थाभित्र रहेका विकृति, विसंगति, ढिलासुस्ती र बेथितिहरुको अन्त्य गर्नुपर्ने अभिभारा पनि थपिएको महसुस गरेको छु ।

२) तपाईं सचिवमा विजयी भइरहँदा एनआरएनएमा कस्तो बदलाव आउने अपेक्षा गर्नुभएको छ ?

पहिले त सांगठनिक परिवर्तनअनुसार एनआरएनएलाई नयाँ उचाइमा पु¥याउनुपर्ने छ । विगतमा संस्थाभित्र जेजस्ता विकृति थिए त्यसलाई हटाउँदै सचिवालयलाई सशक्त र जुझारु बनाउनुपर्ने छ । एनआरएनएको सक्रियता सचिवालयमार्फत् नै बढ्ने भएकाले एनआरएनहरुको हकअधिकारका विषयमा केन्द्रित रहेर काम गर्नेछौँ । भावी कार्ययोजना सम्बन्धमा कार्यसमितिको बैठक बसेर आआफ्ना जिम्मेवारी पूरा गर्नेगरी सशक्त ढंगले देखिनेगरी काम गर्न सक्ने अपेक्षा गरेको छु ।

३) एनआरएनए जुन भावना र उद्देश्यले स्थापना भएको थियो, त्यसको लक्ष्य विमुख भइरहेको आरोपलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

विगतमा जुन सोच राखेर संस्था गठन भएको थियो, त्यसअनुसार अघि बढ्न नसकेको पक्कै हो । तर, लक्ष्य विमुख भइरहेको भन्ने आरोपमा चाहिँ पूर्ण सत्यता छैन । संस्थाको मूल उद्देश्य एनआरएनहरुको हकअधिकार सुनिश्चित गर्नु हो । संस्थामार्फत् सामूहिक लगानी गर्ने, ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा लगाउने प्रयत्न भइरहेका छन् । एनआरएनएमा नागरिकतासम्बन्धी अधिकारबाट विमुख रहेका कुराहरुमा संस्थाले मुद्दालाई अगाडि बढाएको छ ।

४) चुनावमा तपाईंले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको माग पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अब एनआरएनएले यो मुद्दा कसरी अगाडि बढाउँछ ?

हाम्रो माग नेपाली नागरिकताको निरन्तरता नै हो । नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता दिने उल्लेख छ । यसका लागि अहिलेसम्म ऐन कानुन भने स्वीकृत नभइसकेको अवस्था छ । यो नागरिकतामा राजनीतिक अधिकारबाहेक सबै अधिकार नेपालीसरह उपयोग गर्न पाइने भन्ने छ । हाम्रो आग्रह के हो भने नेपालमा जन्मेर नेपाली नागरिकता लिइसकेपछि विदेशी नागरिकता लिनेको हकमा पनि नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने हो । अमेरिका, युरोप, अस्ट्रेलिया बस्ने थुपै नेपालीले त्यहाँको नागरिकता स्वीकार गरेका छन् । यसलाई नेपाली नागरिकता त्यागेको अर्थमा बुझ्नु हुँदैन । वैदेशिक रोजगारी वा व्यापारका क्रममा त्यहाँ बस्न सजिलो होस् भन्ने उद्देश्यले मात्र नागरिकता लिइएको हो । यसबाट नेपाललाई घाटा केही छैन ।

हामीले के बुझ्नु भएन भने विदेशी पासपोर्ट लिएर यात्रा गर्दैमा कोही पराइ हुँदैन । यो त व्यावहारिकताले गर्दा लिन बाध्य हुनुपरेको हो । बेलायती सेनामा काम गर्ने नेपालीले नेपालमा आउँदा चुनावमा भोट हाल्छन् । राजनीतिक गतिविधिमा सहभागी हुन पाउँछन् । विदेशमा बसेर ज्ञान, सीप र धन आर्जन गरेको नेपाली नेपाल आएर आफ्नै गाउँठाउँको विकासका लागि राजनीतिमा सहभागी भएर काम गर्न आउँछ भने नेपाललाई बेफाइदा केही हुँदैन । आफ्नो जन्मभूमिलाई छाडेर टाढा हुन कसैलाई मन लाग्दैन । देशमा संकट पर्दा विदेशमा बस्ने नेपालीले साथ दिँदै आएका छन् । आवश्यक पर्दा जेजस्तो सहयोग गर्न पनि तिनै नेपाली पछि पर्दैनन् । त्यसैले विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ भन्ने हाम्रो माग हो । यस विषयमा सरकारसँग बसेर पहल गर्छौं । एनआरएनएबाट सरकारलाई दबाब सिर्जना गर्ने वातावरण बनाइरहेका छौँ ।

५) नवौँ अधिवेशनसम्म आउँदा एनआरएनएभित्र दलीय राजनीति हावी भयो । यसरी राजनीतिक आवद्धतालाई प्रमुख ठानिँदा एनआरएनए साझा संस्था कसरी भयो ?

–यस्तो वातावरण सिर्जना हुनु अत्यन्त दुःख लाग्दो कुरा हो । एनआरएनएमा थुप्रै कमी कमजोरी छन् । त्यसलाई सच्याएर अगाडि बढ्न हामी पर्यत्नशील रहनेछौँ । म यस संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्न नयाँ कार्यसमितिको बैठकमै यस विषयलाई राख्दैछु । आशा गरौँ, आगामी दिनमा हाम्रा संस्थापकहरुले लिएको सोच, लक्ष्य र उद्देश्यलाई मूर्तरुप दिन र एनआरएनलाई ८१ मुलुकका नेपालीहरुको साझा संस्था बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।

६) एनआरएनएको प्रमुख समस्या के देख्नुभएको छ ? सुधार गर्न तपाईंले कसरी पहल गर्नुहुन्छ ?

–संस्थागत संरचनालाई परिवर्तन गर्नुपर्नेछ । सचिवालयबाट जेजसरी काम हुनुपर्ने हो त्यो सुस्त रहेको अवस्था छ । सचिवालयलाई चुस्त दुरुस्त बनाउँदै एनआरएनको हकहित संरक्षणमा टेवा दिने संस्थाका रुपमा अगाडि बढाउन कार्यसमितिलाई सचेत गराउनेछु । एनआरएनएले अघि बढाएका कतिपय कामहरु रोकिएका छन् । संस्थामा आवश्यक समन्वय गरी सुरु गरिएका कामहरुलाई पूर्णता दिने र नयाँ काम गर्ने वातावरण सिर्जना गर्न आफ्नोतर्फबाट हरसम्भव पहल गर्नेछु ।

७) सरकारले ढुक्क भएर लगानी गर्न आह्वान् गरिसकेको छ । एनआरएनएले कुन कुन क्षेत्रमा लगानीका लागि प्राथमिकता दिएको छ ?

– एनआरएनएले कृषि, पर्यटन, उद्योग, हाइड्रोपावरलगायतका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको छ । तर, अझैसम्म पनि सरकारले लगानीका लागि वातावरण सिर्जना गर्न सकेको छैन । नेपाली अर्थतन्त्रमा विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सको बढ्दो निर्भरता छ । बेरोजगारी समस्या कम गर्न, विदेशी मुद्राको संचिती, भुक्तानी सन्तुलनलगायतका अर्थतन्त्रका मुख्य सूचकमा पनि रेमिट्यान्सको महŒवपूर्ण योगदान छँदैछ । सरकारले लगानीको वातावरण सिर्जना गर्न सकेको छैन । कानुनी जटिलता छ । अझै पनि बाधा अड्चन, फाइल अड्किनेजस्ता समस्या छन् । कर्मचारी संयन्त्रमा सुधार आउन सकेको छैन । नेपाल सरकार र त्यहाँका कूटनीतिक नियोगले समस्यामा पर्ने नेपालीलाई उपयुक्त सेवा चुस्तरुपमा दिन नसकेको गुनासो व्याप्त छ । त्यहाँमात्र होइन विदेश जाँदादेखि फर्किएर घरसम्म पुग्दासमेत थुप्रै ठाउँमा हण्डर र ठक्कर खानुपरेको छ । कतिपय ठाउँमा ठगिनु परेको छ । विदेशबाट नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै समस्या सुरु हुने गर्छ । यस्ता समस्याहरु हट्नु जरूरी छ ।

Related Posts

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

‘मोसोभित्र पत्रकारिताको झल्कोसँगै प्रेमको झिल्को पनि छ’

तिहार, देउसीभैलो र वर्तमान

‘पुस्तक पढ्ने पाठकहरुले आफ्नो उपचार आफैँ गर्न सक्छन्’

अन‌ि यो पनि

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
समाज

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौँ, १० माघ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली...

Read more
रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

दुई ठाउँमा राखिएको शंकास्पद बस्तु इँटा र सिसाको बोतल

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

नेकपा चितवन (ओली समूह)को सम्पर्क कार्यालय स्थापना

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रामनगरको शंकास्पद बस्तु ‘इट्टा’

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

रेलमार्गमा टिकटक बनाउँदा एक पाकिस्तानी युवाको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In