भरतपुर । नेपाल प्रेस युनियन,चितवनको सोमबार बसेको बैठकले यही फागुन २१ गते हुने नेपाल पत्रकार महासंघ,चितवनको अधिवेशनमा रमेश बस्ताकोटीको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको छ ।
सो बैठकले अध्यक्षमा बस्ताकोटीसहित उपाध्यक्षमा वसन्त पराजुलीलाई उठाउने निर्णय गरेको छ भने खुल्लातर्फ सदस्यमा अनिल ढकाल, दीवा भट्टराई, प्रमिता ढकाल र भारती दुरालाई र मधेशीतर्फको सदस्यमा प्रविण दत्तलाई उम्मेदवार बनाउने भएको छ ।
सो बैठकले महिला पत्रकार समूह र आदिवासी जनजाति पत्रकार महासंघ,चितवन शाखाले प्रस्ताव गरेका सबै पदाधिकारी तथा सदस्यहरुलाई समर्थन गर्ने र उम्मेदवारी नदिएका पदहरुमा अन्य संघ—संगठनहरु र क्रियाशील पत्रकारहरुको समान अस्तित्वलाई स्वीकार गर्दै सहमति, सहकार्य र एकता गरेर अगाडि बढ्ने निर्णय गरेको छ । त्यस्तै प्रस्तावित पदहरुमा अन्य संघ—संगठनहरुस“ग सहमति र एकता भएर लिने÷दिने गर्नुपर्ने भएमा सोही आधारमा उम्मेदवारी फिर्ता लिने÷दिने र थप गरिने भएको छ ।
त्यसैगरी, सोही बैठकले अधिवेशनका सन्दर्भमा सबै संघ—संगठनहरुस“ग भएका सहमतिहरुलाई आफ्ना सदस्यहरुलाई अक्षरस पालना गर्न लगाउने, युनियनले प्रस्तावित गरेका तथा साझा सबै उम्मेदवारहरुलाई अनिवार्यरुपमा मतदान तथा सहयोग गर्नुपर्ने निर्णय गरियो । युनियनले गरेको सहमति र निर्देशनलाई पालना नगर्ने, असहयोग गर्ने तथा बागी उम्मेदवार दिने, प्रस्तावक तथा समर्थक बस्ने सबैलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । अधिवेशनका लागि बनेको संयन्त्र, युनियनका सल्लाहकारसहितको सो पूर्ण बैठक अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको थियो ।
Discussion about this post