ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जनतालाई सास्ती नदेऊ

by चितवन पोष्ट
२०७० फाल्गुन २०, मंगलवार ०३:५० गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपालमा राष्ट्रप्रमुख तथा सरकारका उच्चपदस्थ व्यक्तित्वहरुकोे सवारी तथा विदेश भ्रमणलगायत कार्यक्रममा घन्टौँसम्म सडक जाम हुने गरेको पाइएको छ । सुरक्षा प्रबन्धका नाममा सर्वसाधारणहरुलाई सास्ती दिने प्रवृत्ति हटाउनु त परै जाओस्, त्यसमा न्यूनीकरणसमेत भएको पाइँदैन । यही परम्पराको पुनरावृत्ति आइतबार प्रधानमन्त्री सुशील कोइरालाको विदेश भ्रमणका क्रममा पनि भयो । प्रधानमन्त्री कोइराला तेस्रो शिखर सम्मेलनका लागि म्यान्मा प्रस्थान गर्ने क्रममा सुरक्षा निकायले सडकमा सार्वजनिक तथा निजी गाडी गुडाउन रोक लगाएको थियो । जनताले सास्ती पाएको विषयमा स्वयं प्रधानमन्त्री कोइराला असन्तुष्ट भएपछि यस विषयले चर्चा पाएको छ । उनले ‘जनताको प्रधानमन्त्री जनतासँगै बाटोमा हिँड्न पाउनुपर्छ’ भन्दै मुख्य सचिव लीलामणि पौडेलसँग असन्तुष्टि पोखेका थिए । जनताको सुविधालाई पहिलो प्राथमिकता दिँदै सडक जाम गरेर दुःख दिने कार्य रोक्नुपर्ने महान् विचार प्रकट गरेर कोइरालाले आफू जनताको प्रधानमन्त्री भएको प्रमाणित गरेका छन् ।
नेपालमा ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भन्ने उखानलाई चरितार्थ गर्ने गरी जनतालाई अनावश्यक दुःख दिने गरिएको छ । हाम्रो देशमा राष्ट्रपति, सरकार प्रमुख, मन्त्रीहरु, उच्चपदस्थ नेता, राष्ट्रसेवक कर्मचारीबाहेक अरुको आधारभूत अधिकारको कदर हुँदैन । सरकार र राष्ट्रप्रमुखको भ्रमणको शैली नै यस्तो हुने विगतको परम्परा भएको मुख्य सचिवको भनाइले नेपालको बेथिति उदाङ्गो भएको छ । जनतालाई घन्टौँ जाममा कुराएर सुरक्षा प्रबन्ध हुनेभन्दा सुरक्षा चुनौती बढ्ने सम्भावनातर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।
प्रधानमन्त्री कोइरालाले म्यान्माबाट फर्केपछि यस्तो परम्परा अन्त्यका लागि यस विषयमा ध्यान दिने उनका प्रेस सल्लाहकार दिनेश भट्टराईले जनाएका छन् । यो परम्परा हटाउने विषयमा ध्यानाकर्षण हुनु नै सकारात्मक कुरा हो । सुरक्षाकर्मीले सुरक्षा व्यवस्थाका नाममा हजारौँ जनतालाई सास्ती दिने विषय आफैँमा विडम्बनापूर्ण मानिएको छ । यस्तो परम्परा एकैचोटि अन्त्य हुने सम्भावना नभए पनि यस्ता विषयमा जनताका तर्फबाट सरकार प्रमुखले असन्तुष्टि जाहेर गर्नु शुभ संकेत मान्न सकिन्छ । सादा जीवन बिताउने कोइराला जनताको आधारभूत अधिकारप्रति कतिसम्म संवेदनशील रहेछन् भन्ने पनि यस घटनाले पुष्टि गरेको छ । जनतालाई दुःख दिएर होइन, उनीहरुको अधिकारलाई सम्मान गर्नुपर्छ भन्ने उनको भनाइ आत्मसात् गर्नसके मुलुकमा परम्परा बनेर बसेका यस्ता विकृति हटाउन सहज हुने विश्वास गर्न सकिन्छ ।

Related Posts

चिसोले मध्यपूर्वी तराईको जनजीवन कष्टकर

चिसोले अस्तव्यस्त तराई

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमणले दिएको सन्देश

Chitwan Post

सुरक्षित भ्रमणको अपेक्षा

Discussion about this post

अन‌ि यो पनि

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश
राजनीति

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम मंगलबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका...

Read more
काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

भरतपुरमा ‘क्यूमिन रेष्ट्रो एण्ड थाली किचन’ सञ्चालन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In