ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रकृतितः मान्छे मांसाहारी रहेनछ

by चितवन पोष्ट
२०७० फाल्गुन २०, मंगलवार ०३:५० गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

तिलक पौडेल
पृथ्वीको उत्पत्तिपछि जीवको सृष्टि भयो । जीवको अस्तित्व कायम राख्न आहाराको खोजी   भयो । उपयुक्त आहाराको उपयोग गर्दै एककोशीय जीवबाट आरम्भित जीवन अस्ट्र्यालोपिथेकस, रामापिथेकस, क्रोम्याग्नन हुँदै होमोस्यापिन्स अन्तरगत हामी मानवलगायतको जीवनास्तित्व हाल यस धरामा कायम रहेको छ ।
आहाराको आधारमा वर्गीकरण गर्दा खासगरी मांसाहारी र शाकाहारी गरी दुई वर्गमा जीवहरुको विभाजन भएको पाइन्छ । नेपाली बृहद् शब्दकोशलाई सन्दर्भ ग्रन्थत्व सुम्पँदा ः
शाकाहारी भन्नाले– वि.१– सागपात, फलपूmल, दूधदही आदि सा¤िवक भोजनमात्र गर्ने,
२– माछामासु नखाने भनेर अथ्र्याएको पाइन्छ भने
मांसाहारी भन्नाले– वि.१– मासु खाने, मांसभोजी,
२– मासु खाएर जीवन निर्वाह गर्ने, मासुकै आहारा भएको,
३– हिंस्रक भनेर उल्लेख गरेको पाइन्छ ।
र पनि सर्सर्ती नियाल्दा मासुमात्र खाने (मांसाहारी), मासु पनि खाने (उभयाहारी) र मासु नखाने (शाकाहारी) गरी ३ वर्गमा जीवहरुलाई वर्गीकरण गर्दा उपयुक्त हुने देखिन्छ । यस हिसाबमा हामी मानव जाति उभयाहारी जस्ता देखिन्छौँ ।
वास्तवमा सृष्टिताका हामीलाई मासु खाने, मासु पनि खाने वा मासु नखानेमध्ये कुन वर्गभित्रै राखेर सृष्टि गरिएको होला ? विद्यमान अभ्यासका आधारमा उल्लिखित सम्बन्धमा संक्षिप्त विश्लेषण गर्ने हिसाबले यो आलेख तयार पारिएको हो । यसमा रहेका न्यूनताप्रति विज्ञजनबाट यथोचित सुझाव हार्दिक अपेक्षा गर्न चाहन्छु ।
खासगरी मांसाहारी प्राणीहरु बाघ, भालू, चितुवा, कुकुर, बिराला, स्याल, फ्याउरा आदिका शारीरिक अवयवहरु र लक्षणहरुलाई केलाउँदै हामी मानवहरुका लक्षणहरु र शारीरिक अङ्ग विकासको तुलना गर्दा निम्नानुसारको व्यहोरा स्पष्ट हुन आउँछ ।
मांसाहारी प्राणीहरुसँग दाह्रा हुन्छन्, तर हामीसँग दाँत छन् । हाम्रा दाँतले राम्रोसँग नपाकेको छाला चपाउन पनि सक्दैनन् । फेरि हाम्रै चार कुनाका दाँतहरुलाई कुकुरदाँत (ऋबललष्लन त्भभतज) भनिन्छ, जुन अरु दाँतभन्दा बलिया मानिनेमात्र हैन, सबै दाँत फुक्लीसक्दा पनि ती बाँकी रहेका हुन्छन् । सायद, कुकुर (मांसाहारी प्राणी) का सबै दाँतहरु त्यस्तै हुने हुनाले उसले बाह्र वर्ष पुरानो नली हाड पाए पनि मजासँग चपाएर खान्छ भने हामी ब्वाइलर कुखुराको हाड पनि तह लगाउन सक्दैनौँ । यसरी हेर्दा हाम्रा दाँतले मांसाहारी प्राणीमा हुने दाह्राले जस्तो सबल कार्य सम्पादन गर्न नसक्ने देखिन्छ ।
मांसाहारी प्राणीहरुसँग नङ्ग्रा हुन्छन्, तर हामीसँग नङ छन् । हाम्रा नङले अलि बाक्लो छाला भएको प्राणीलाई चिथोर्न पनि सक्दैन । जब कि, मांसाहारीका नङ्ग्रा भनेको अरु प्राणीहरुलाई झम्टेर मासुको चोक्टा निकाली आफ्नो आहारा बनाउन प्रकृतिले दिएको हतियार जस्ता लाग्दछन् । यस मानेमा पनि हाम्रा नङहरु मांसाहारी प्राणीका नङ्ग्राहरुको जस्तो कार्य सम्पादन गर्न नसक्ने देखिन्छन् ।
मांसाहारी प्राणीहरुको घ्राणशक्ति (सुँघ्ने खुबी) अरुको भन्दा बढी हुन्छ । त्यस्ता प्राणीसँग तुलना गर्दा हाम्रो गन्ध थाहा पाउने खुवी थोरै भएको प्रमाणित हुन्छ । उदाहरणार्थ, ताजा मासु ल्याएर दराजभित्र राखियो भने सोको गन्ध कुकुर, बिरालाले थाहा पाइहाल्छन् र दराज खोल्ने चेष्टा गर्दछन् । तर, हामीलाई त्यस्तो दराजभित्र राखिएको ताजा मासुको गन्ध थाहा हुँदैन । यदि खुला रुपमा मासु दृष्टिगोचर भएमा मात्र गन्धको अड्कल हुन्छ । बरू, त्यस्तो अदृश्य स्थानमा रहेको मासु सडुन्जेल प्रयोग नभएमा ओहो, कता कुनातिर मुसा मरेर कुहिएछ कि क्या हो, सिनु गन्हाउँदा झैँ गन्हायो भन्ने लख पो काट्दछौँ त ! आज्जसो मारेर छाडेको कुनै प्राणीलाई यस्सोमात्र चलाइदियो भने पनि बाघले भोलिपल्ट छुनसम्म छुँदैन रे ! त्यसैले, हाम्रा अग्रजहरुले आफ्नो लैनो भैँसीलाई बाघले झम्टेर मारेको देख्दा सहन नसकी त्यसैमा विष हालेर बाघ मारी रिस फेर्ने गर्दथे रे ! त्यसो गर्दा त्यो मरेको पशुलाई नछोइकन माथिबाटै विष छरिदिन्थे रे ! सायद, मासु भनेको सजीवीय स्पर्शबाट पनि गन्ध परिवर्तन हुने चीज होला ।
त्यस्तै, स्वादस्तर निर्धारण तन्तुको संवेदना पनि मांसाहारीमा हाम्रोभन्दा अधिक भएको पाइन्छ । हामीहरुको प्राकृतिक भोजनका बारेमा यो चम्सुरको, यो पालुङ्गोको, यो बेथेको साग अथवा भनौँ यो पोखरेली मसिनु, यो जेठोबुढो, यो बासमती चामलको भात भनेर स्वादकै आधारमा अड्कल गर्न सक्दछौँ, तर विभिन्न प्राणीहरुको फलमासुका टुक्राहरु एकै ठाउँमा मिसाई पकाएमा यो चाम्रो, यो कमलो, यो अलि हिल्याहा गन्धको सायद हाँसको पो हो कि ! भन्न सकिन्छ । सधैँ मासु खाइरहने बानी भएकाहरुले पनि अरु अड्कल गर्न सक्दैनन् । बरू, कुनै तरकारीमा प्याज फुराएर मीट मसला राख्यौँ भने ओहो, क्या मीठो मासु बसायो पो भन्छौँ त ! जब कि, बाघले कुकुरलाई घ्यूको गौवा भन्दछ रे ! यसरी हामीसँग मासुको पारख गर्ने खुवी नहुनुले पनि हामीलाई मांसाहारीका गुणहरुबाट भिन्न प्रमाणित गरेको पाइन्छ ।
हो त नि, मासंपारखको खुबी नहुँदा हामीहरु पकाएर तयार पारिएको मांस परिकारको दृश्य, स्वादबाट यो भक्षान्तरगतका जीवको हो वा अभक्ष्य, यो स्वस्थ पशुको हो वा रोगी चिलेग्रो, यो साजी हो वा बासी, अझ भनौँ यो मारेको पशुको हो वा मरेको भन्ने साङ्गोपाङ्गो लगाउन पनि सकिँदो रहेनछ । मेरो आफ्नै अनुभव– २०३४÷३५ सालतिर पोखराको तेर्सापट्टिको ठूलो पीपलको बोटनेर एक जना मासुपसलेले खसी काटेर मासु बेच्ने गर्दथ्यो । मैले महिनावारी खाना खाने होटेलवालाले त्यसैकहाँबाट मासु ठेक्का लिई मासिक खाना खानेहरुलाई हप्तामा एक छाक मासु दिने गर्दथे । एक पटक त्यही मासुपसलेकहाँ १८ वटा कुकुरका टाउका भेटिए र उसलाई कानुनी कारबाही भएथ्यो । यसमानेमा मैले कुकुरको मासु पनि खाएछु, तर मलाई हेक्का भएन । तसर्थ, हाम्रा मासुको स्वाद पारख गर्ने तन्तुहरु मांसाहारीका जस्ता देखिएनन् ।
अर्काे एउटा मह¤वपूर्ण पक्ष, जन्तुजगत्का सबै प्राणीहरुको शरीरमा करिब ७०–८०% पानी हुन्छ भनिन्छ । यसरी हेर्दा मांसाहारी जीवले मांसभोजन गर्दा कम्तीमा पनि ५०% पानीको मात्रा शरीरभित्र भित्र्याउँछन्, यदि जीव मार्दा रगतादि द्रवको क्षति करिब २०–३०% भयो भन्ने हो भने पनि । फेरि मांसाहारी जीवहरुको शारीरिक संरचनात्मक अनुपात पनि उही ७०–८०% पानी हुने किसिमकै हुन्छ । यस अर्थमा मांसाहारी प्राणीहरुले पानीको मात्रा अधिक रहेको (ज्थमचबतभम) मासु भोजन गर्ने हुँदा शारीरिक सुसञ्चालनका लागि पानीको आवश्यकता न्यून हुने भयो । तर, जसरी शाकाहारी प्राणीहरुले सुकेको पराल, ढुटो, भुस, सेल्भेज जस्ता शुष्क आहाराको उपभोग गर्ने गर्दछन्, हामी मानवहरु पनि यस्ता शुष्क खानाहरु (म्चष्भम–भुटेका, तारेका चीजहरु, व्गलप–चाउचाउ, चीजबल आदि) खान्छौँ, जसमा मुस्किलले ५–१०% पानी हुन्छ होला । यसमानेमा हामीजस्तालाई पानीको आवश्यकता पनि बढी हुने भयो । यिनै कारणहरुले गर्दा प्रकृतिले मांसाहारीलाई झोलवस्तु पिएर हैन, चाटेरमात्र खान सक्ने बनाएको छ भने शाकाहारीलाई दुवै ओठ जोडेर झोल चीज पिउने खुबी दिएको पाइन्छ । अब हामीहरुले झोलवस्तुको आपूर्ति मांसाहारीले जस्तै चाटेरमात्र नगरी शाकाहारी प्राणीहरुले जस्तै पिउने हुँदा प्रकृतितः मांसाहारी नभएको देखिन आउँछ ।
उपर्युक्तानुसारका आनीबानीहरुको तुलना गरेर हेर्दा हामीहरुका अङ्गप्रत्यङ्गहरुको बनोट तथा अवलम्बन गरिने बानीबेहोराहरु मांसाहारी जीवहरुको भन्दा भिन्न देखिएकाले सृष्टिताका प्रकृतिले मानवरुपी जीवलाई शाकाहारी प्राणीका रुपमा अथवा मासु पनि खाने उभयाहारी प्राणीका रुपमा सिर्जाएको प्रतीत हुन्छ । भला सृष्टिपश्चात् मानवीय चेतनास्तर उच्च हुँदा शरीर सञ्चालनका लागि पञ्चत¤व आवश्यक हुने जसमध्ये प्रोटिनको आपूर्ति प्राणी प्रोटिनका रुपमा माछामासुबाट गर्दा वनस्पति प्रोटिन– गेडागुडीभन्दा सुपाच्य हुने, मानव सृष्टिको लगत्तै ढुङ्गेयुगमा आहाराको खोजीमा भौँतारिएका अग्रजहरुले यायावरी, शिकारी जीवन बिताउँदा मासु खाएको आधारमा वर्तमानमा पनि मांसाहारलाई स्वीकारिनु जस्ता तर्कका आधारमा मांसभोजन किन नगरियोस् ! तर, मासु खाँदा यसमा हुने बोसो, खनिज लवणादिको कारणबाट मुटुको रोग, एडेमा जस्ता भयानक रोगग्रास हुनपर्ने व्यहोरो प्रमाणित भैसकेको छ । आर्थिक पक्षलाई नियाल्ने हो भने पनि एक दिनको मांसभोजनका लागि छुट््याइने बजेटले हप्तैभरि वनस्पति प्रोटिनको आपूर्ति गर्न सकिने हुन्छ । यी कारणहरु नियाल्दा हामी मानवहरुका लागि मांसाहारभन्दा शाकाहार नै उपयुक्त देखिन्छ ।
फेरि अचेल त शाकाहारी पनि थरीथरीका परिभाषामा समेटिएका छन् । कोही माछा खानुलाई शाकाहारभित्रै राख्छन् । किनभने, त्यसो गर्नु माछाहार हो मांसाहार होइन । कोही अण्डासम्म खानुलाई पनि शाकाहारमै राख्दछन् । किनभने, अण्डामा प्राण हुँदैन रे ! कतिपय कट्टर शाकाहारीहरुले भने प्राणी उत्पादनलाई खानु मांसाहारी हुनु हो भन्ने मान्यताका आधारमा दूध पनि नखाने गरेको पाइन्छ । सारांशमा जो, जे परिभाषा गरियोस् वा भइयोस्, प्रकृतितः हामी शाकाहारी अथवा उभयाहारी रहेछौँ, तर मांसाहारी होइन रहेछौँ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
(स्थानीय विकास अधिकारी,
जिल्ला विकास समिति चितवन)

Related Posts

राजनीतिका कुरा र हामी

समस्या र स्वार्थ आआफ्नै

राजनीतिका कुरा र हामी

राजनीतिका कुरा र हामी

मिसावटको अवस्था र सजगता

मिसावटको अवस्था र सजगता

Discussion about this post

अन‌ि यो पनि

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट
समाज

रत्ननगर अस्पतालमा अनलाइनबाटै ओपिडी टिकट

चितवन । बकुलहर–रत्ननगर अस्पतालमा उपचार गर्न आउने विरामीले अनलाइनबाटै ओपीडी टिकट काट्न सक्ने व्यवस्था मिलाइएको छ । अस्पतालमा सेवा थप...

Read more
राजनीतिका कुरा र हामी

कोरोनाको बढ्दो जोखिम : विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थाले

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

वालमैत्री वडा घोषणाका लागि मुसहर समुदायमा अन्तरक्रिया

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In