ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

शतप्रतिशत साक्षर मुलुक बनाऔँ

by चितवन पोष्ट
२०७० फाल्गुन १९, सोमबार ०२:५७ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-रमा घिमिरे
नेपाल सरकारले सन् २०१५ सम्म सम्पूर्ण नेपालीलाई साक्षर बनाउने घोषणा गरेर कार्यक्रम चलाइरहेको छ । विकसित देशले शिक्षालाई बढी मह¤व दियो, त्यसैले उनीहरुको सोचाइमा परिवर्तन भयो । हरेक राष्ट्रमा अन्धविश्वास, कुप्रथा, कुसंस्कार थियो । त्यसलाई शिक्षाद्वारा नै परास्त गर्दै यो अवस्थामा आइपुगेका हुन्, उनीहरु ।
जति मानिस शिक्षित भए, त्यति नै सभ्य हुँदै जान्छन् । महिला शिक्षाबाट वञ्चित रहँदा उनीहरुमा अन्धविश्वास, परम्परागत मान्यता आदिले ठाउँ ओगटिरहेको छ । विकसित देशहरु शिक्षाकै कारणले अगाडि बढिरहेका छन् । सम्पूर्ण जनता शिक्षित भए उनीहरुमा सीप र दक्षता पनि हुन्छ र काममा निपूर्ण हुन्छन्, अनि राष्ट्रको विकासमा लागिरहन्छन् ।
हाम्रो मुलुकमा महिलालाई शिक्षा दिने चलन थिएन, त्यसैले उनीहरुमा अझै अन्धविश्वासले ठाउँ ओगटिरहेको छ । हाम्रो उमेरका महिला ९९ प्रतिशत नै निरक्षर छन् । त्यसैले, महिलालाई कठपुतली बनाएर जता नचायो, त्यतै नाच्दै गए । जबसम्म महिला आफैँ जागरूक भएर आउँदैनन्, तबसम्म पछि नै परिरहन्छन् । शिक्षाले बुद्धि, विवेक, ज्ञान दिएर विकृतिलाई नष्ट गर्दै सुसभ्य समाज निर्माण गर्न पहल गर्दछ । शिक्षा क्षेत्र ठीक किसिमले चलेको छ भने असल मूल्यमान्यता स्थापित हुँदै जान्छन् ।
देशको चौतर्फी विकासका लागि समुदायमा चेतना हुनुपर्दछ । जबसम्म समाजका सबै मानिस शिक्षित हुँदैनन्, तबसम्म सभ्य समाज बन्न सक्दैन । २०१५ सम्म सबै नेपालीलाई साक्षर बनाउने लक्ष्य राखेर कार्यक्रमहरु भैरहेका छन् । सरकारी सुविधा लिएका सबैले आ–आफ्ना घरका निरक्षरलाई साक्षर बनाउने काम गरेमा निरक्षरता उन्मूलन हुँदै जान्छ । विद्यालय वा क्याम्पस पढ्नेले आफ्नो घरका निरक्षर आमाबुबालाई साक्षर बनाउन जोड गरेदेखि निरक्षरता उन्मूलन सजिलै हुन्छ । साक्षर बनाउन सबै सरकारी कार्यालयहरु, संघसंस्था, सहकारी, विद्यालय, क्याम्पसले जोडबल गरे शतप्रतिशत साक्षर हुन्छन् । अन्धविश्वास, कुरीति निर्मूल हुँदै जान्छन् र नेपाल आधुनिक युगमा टेक्दै जान्छ ।
हाम्रा हरेक राजनीतिक व्यवस्था र प्रणालीमा महिला, दलित, जनजातिलाई राजनीतिक लाभका लागि हतियारबाहेक केही नबनाएको प्रस्टै छ । देशमा प्रजातन्त्र आएपछि पनि गाउँगाउँसम्म त्यसको असर पुग्न सकेन । शिक्षा केन्द्रीकृत हुँदा हुनेखाने काठमाडौँ गएर पढे भने नहुने पढ्न पाएनन् । महिलाले पढ्न पाउने कुरै भएन । हाम्रा बुबाहरु भारतमा गएर पढ्नुभएको हो । हरेक मानिसले आफ्नो ठाउँमा विद्यालय, क्याम्पस स्थापना गर्न जोड गरेमा त्यहीँका मानिसले सुविधा पाउँछन् र वरपरका मानिस पनि पढ्न आउँछन्, अनि घरहरु भाडामा जान्छन्, व्यापार बढ्छ र त्यही ठाउँको समृद्धि बढ्दै जान्छ । शिक्षालय जति बढ्छ, मानिसहरु सभ्य हुन्छन् ।
हाम्रा राजनीतिक दलका घोषणापत्रमा शिक्षालाई मौलिक हकमा राख्ने प्रतिबद्धता जनाइएका छन् । पिछडिएका बासिन्दा, दलित, सीमान्तकृत र लोपोन्मुख जाति अनि गरिबीको रेखामुनि रहेका सबैलाई शिक्षा पूर्ण रुपले निःशुल्क गर्ने भनिएको छ । आफैँले घोषणा गरेका कुराहरु पनि आफैँ पूरा गरेका हुँदैनन् । माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपमा निःशुल्क र कक्षा आठदेखि नै रोजगारीमैत्री बनाउँदै लग्न सकेमा बेरोजगार समस्याले सताउँदैन ।
प्रत्येक निर्वाचन क्षेत्रमा रोजगारमूलक तथा स्वउद्यम प्रवद्र्धन गर्ने प्राविधिक विद्यालयको व्यवस्था गरी प्रवेशिका उत्तीर्ण गर्न नसकेका युवालाई रोजगारमुखी प्राविधिक शिक्षा तथा तालिम दिने नीति नेपाली कांग्रेसको घोषणापत्रमा लिपिबद्ध छ । हरेक प्रदेशमा एउटा विश्वविद्यालय स्थापना गरेर अन्य देशबाट पनि पढ्न आउने वातावरण भएमा देशको समृद्धि पनि बढ्दै जान्छ । विकसित राष्ट्रले अनेकौँ सुविधा दिएर युवाहरुलाई आजभोलि तानिरहेको छ । उनीहरु पढेर त्यहीँ काम गर्दछन् र राष्ट्रले विकास गरिरहन्छ ।
हामीकहाँ शैक्षिक क्षेत्रलाई राजनीति गर्ने थलो बनाइन्छ र पढाइमा बाधा दिइन्छ । हाम्रा विद्यार्थी अर्को मुलुकमा पैसा तिरेर पढ्न जान्छन् र युवा, ब्रेन र पैसा तीनै कुरा हामीले गुमाएका छौँ । उच्च माध्यमिक तहसम्म कुनै पनि विद्यार्थीलाई राजनीतिक संगठनको सदस्यता नदिने नीति भएमा पढाइमा अवरोध हुँदैन र विद्यालयहरु राम्रोसँग सञ्चालन हुँदा सरासर पढ्न पाएर काममा लाग्दछन् । उनीहरु अर्को मुलुक जाने मन नै गर्दैनन् । सन् २०१५ सम्म निरक्षर उन्मूलन गरेर शतप्रतिशत साक्षर मुलुक बनाउन अब हामी पनि सबै लागौँ ।

Related Posts

योगमा सूर्य नमस्कार आसनको महत्त्व

योगमा सूर्य नमस्कार आसनको महत्त्व

सामाजिक अभियानमा बखानसिंह गुरूङले पुर्‍याएको योगदान

सामाजिक अभियानमा बखानसिंह गुरूङले पुर्‍याएको योगदान

व्यक्तिवादी इगोमा टुक्रिएको जन मन

व्यक्तिवादी इगोमा टुक्रिएको जन मन

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In