-धु्रवराज अधिकारी
२०४७ सालपछिको समयमा नेपालमा सञ्चारमाध्यमको विस्तार तीव्र गतिमा भएको पाइन्छ । नेपालमा छापा माध्यमसँगसँगै पछिल्लो समय एफएम रेडियोको संख्या पनि उल्लेख्य रहेसँगै श्रमजीवी पत्रकारको संख्या पनि ह्वात्तै बढेको छ । विश्वव्यापी विज्ञानको नियमभन्दा फरक पत्रकारिता पनि रहन सक्ने कुरै भएन । त्यसैले, सञ्चारमाध्यम र पत्रकारको संख्या वृद्धिसँगै पत्रकारमा हुनुपर्ने गुणमा कमी आएको प्रस्ट अनुभव गर्न सकिन्छ । परिमाण बढ्दा गुणस्तर घट्नु स्वाभाविक पनि हो र गुणस्तर घट्दा पेसामा नै विकृति बढ्नु झन् स्वाभाविक हो । पछिल्लो समयमा पत्रकारितामा अनुशासनको पनि कमी देखिन थालेको छ । पत्रकारितामा वर्ग वा श्रेणी केही छैन । लामो समयदेखि पत्रकारिता गर्दै यसैमा खारिएका पत्रकार र भर्खरै पत्रकारिता सुरू गरेका पत्रकारबीचमा पनि कहीँ कतै भिन्नता देखिँदैन । उल्टै पछिल्ला पत्रकारहरुको रवाफ बढी देखिन्छ । पत्रकार सुन्दा मात्र पत्रकारजस्तो हुँदै गइरहेका छन् ।
स्वतन्त्र रुपमा काम गर्नुपर्ने पत्रकारका विभिन्न पार्टीसँग सम्बन्धित आ–आप्mना संगठनहरु छन् । यसरी खोलिएका पत्रकारका संगठनले प्रायः पार्टीका भातृ संस्था वा शुभेच्छुक संस्थाका रुपमा काम गर्ने गरेको देखिएको छ । पत्रकारलाई राज्यको चौँथो अंगका रुपमा हेर्ने गरिएको भए पनि पत्रकारको गुण र दोषको आधारमा अहिलेका दिनमा त्यो सम्मान पाउनबाट अधिकांश पत्रकारहरु चुकेका छन् । पत्रकारहरुको हकहितका लागि भनेर खोलिएका संस्थाहरुले पनि पत्रकारहरुको हित गर्न सकेको देखिएको छैन । पत्रकारका जिम्मेवार सदस्यहरुले पनि संस्थाको निर्वाचनको समयमा जुन भावनाबाट प्रेरित भएर पत्रकारको हितको कुरा गर्छन्, त्यो लामो समयसम्म टिकाउन नसकेको कटु यथार्थ हाम्रो सामु छर्लङ्ग छ । पत्रकारहरुको हकहितका लागि भनेर खोलिएको संस्थामा प्रतिनिधित्व गर्ने पत्रकारहरुले श्रमजीवी पत्रकारका पक्षमा भन्दा आप्mनो व्यक्तिगत स्वार्थका लागि वा पार्टीको काम गर्ने परिपाटीका कारण श्रमजीवी पत्रकारहरुको अवस्थामा सुधार आउन नसकेको हो । आफूलाई पार्टीमा पनि सक्रिय बनाई राख्न पत्रकार कम र पार्टी कार्यकर्ता बढी हुन खोज्नु स्वयं आप्mनै लागि पनि हानिकारक बन्न सक्ने तथ्य सम्बन्धित पत्रकारले नबुझेसम्म उनीहरुबाट समाजले धेरै न्याय र अन्यायका कुरा सोच्नु व्यर्थ छ । पत्रकारिताको मर्यादामा वृद्धि हुन नसक्नुका पछाडि हामीले कस्ता व्यक्तिलाई पत्रकारको सदस्य बनाउँदै छौँ भन्ने कुरा नै मह¤वपूर्ण हुन जान्छ । केही पत्रकारहरु पत्रकारितामा मात्र सीमित रहनेलाई मात्र पत्रकारको सदस्यता दिनुपर्ने मान्यता राख्छन्, जुन व्यवहारतः गलत देखिन्छ । पत्रकार पनि यही समाजको एउटा सदस्य हो । पत्रकारका पनि पारिवारिक जिम्मेवारी हुन्छन् र तिनका पनि परिवार हुन्छन् । प्रश्न यहाँनेर उठ्छ, पत्रकारितासँगै अरु पेसा अँगाल्दा पत्रकार हुन नसक्ने वा पत्रकार महासंघको सदस्यका लागि अयोग्य हुने अनि पत्रकारिता पेसाले मात्र परिवार पाल्न नसकिने । त्यसो भए गर्ने के त ? एउटा पत्रकारले आप्mनो क्षमताअनुसार अन्य पेसा वा व्यवसाय गर्न नपाउने हो भने उसको योग्यता र क्षमताको आधारमा पारिश्रमिक पाउनु पर्ने हो कि होइन त ? अहिलेको समयमा आप्mनो योग्यता र क्षमताको आधारमा पारिश्रमिक पाउने पत्रकार कति होलान् त ?
कुनै एउटा पार्टीको भातृ संस्थाका रुपमा संगठित संस्थामा त्यस खाले पत्रकारले प्रवेश पाए पनि पत्रकार महासंघको सदस्यता यस प्रकारका पत्रकारले नपाउनु पर्ने हो । तर दुर्भाग्य, पत्रकार महासंघको सदस्यता वितरणको तथ्यांक पनि त्यति निष्पक्ष छैन । पत्रकारिताभन्दा पनि पार्टी सदस्यता नै पत्रकार महासंघको सदस्यता वितरणको आधार बनेको अनुभव हुँदैछ । यस्तो अवस्थाका पत्रकारहरु श्रमजीवी पत्रकार वा पार्टी पत्रकारिता कतातिर संवेदनशील बन्लान् त ? अनि कसरी उठ्छ, श्रमजीवी पत्रकारको आवाज ? व्यावसायिक पत्रकारिता गर्ने पत्रकारहरुमा नै अध्ययनको कमी छ । पत्रकारिताजस्तो मर्यादित पेसामा आउनका लागि त झन् धेरै अध्ययनको आवश्यक हुनुपर्ने हो, तर त्यसो भएको देखिँदैन, पढेका भन्दा नपढेका पत्रकार नै धेरै छन् हामीकहाँ । त्यसैले पनि त्यस्ता पत्रकारहरुलाई पत्रकारितामा टिकिरहन एउटा पार्टीको फेरो समाइरहन आवश्यक पर्ने हुन्छ । अनि आपूmले एउटा पार्टीको फेरो समाएपछि अरु फेरो समाउनेहरुको माया लागेर आउनु पनि स्वाभाविक हो । र, त्यस्ता पत्रकारहरु जिम्मेवार पदमा पुगेपछि पनि पहिलेको स्वभाव रहिरहनु स्वाभाविक पनि हो ।
पत्रकारितामा पार्टी प्रभावको आकार आवश्यकताभन्दा धेरै बढी देखिन थालेको छ । त्यही अनुपातमा सदस्यता वितरणमा पनि चलखेल भएको छ । पत्रकार महासंघको जिम्मेवार पदमा रहेका व्यक्ति स्वयं पनि राजनीतिक पूर्वाग्रहमा विवादमा तानिएर नराम्रो कुराको सन्देशवाहक बन्न पुगेका छन् । पत्रकार हुनुको हिसाबमा पार्टीलाई सांकेतिक रुपमा सहयोग गरे पनि पार्टी प्रतिनिधिकै रुपमा काम गर्न खोज्नु सर्वत्र निन्दाको विषय हो । हामीले सोचेको पत्रकारिता त पार्टीभन्दा धेरै परको हो । न्याय र अन्यायबीचको पत्रकारिता हो, सही र समयको सूचनाको पत्रकारिता हो । पक्ष÷विपक्षभन्दा केही परको पत्रकारिता खोजेको हो, जुन वर्तमान अवस्थामा पाउन गाह्रो रहेछ । पार्टीभन्दा पर पनि पत्रकार हुन सक्छन् भन्ने तथ्य धेरै पत्रकारलाई नै थाहा नभएको जस्तो देखिएको छ, यो आजको यथार्थ हो । पत्रकारको संख्या अंक गणितीय हिसाबले धेरै वा थोरै हुनुले फरक पार्दैन, तर योग्य र अयोग्य हुनुले भने धेरै नै फरक पार्छ । पत्रकार महासंघमा कुन पक्षको संख्या कति पुग्यो, यो ठूलो कुरा हैन र बनाउन पनि हुँदैनथ्यो । कुन क्षमताको व्यक्ति पत्रकार महासंघको सदस्य भयो भन्ने कुरा नै ठूलो कुरा हुनुपथ्र्यो, तर भएन । पत्रकारका भिन्नभिन्न संगठनहरु बीचमा पक्ष र प्रतिपक्षको जस्तो व्यवहार देखिन्छ । पत्रकार महासंघको अहिलेसम्मको गतिविधि र त्यसलाई राजनीतिसँग जोडेर हेर्दा पत्रकार महासंघको नेतृत्वलाई पत्रकारिता पेसाप्रतिको घट्दो आकर्षणका रुपमा हेरिएको छ, जसलाई रोक्न कठिन हुनेछ । विगत तीन–चार महिनादेखि नै पत्रकारका एकथरी सदस्यहरु आप्mना समर्थक सदस्यको संख्या बढाउन मरिमेटेर लागेका छन् । यसले परिणाम स्वाभाविक आँकलन गर्न सकिन्छ । यो चक्र फेरि यसरी नै घुमिरहन्छ, अनि पत्रकारितालाई पेसा भन्ने कि राजनीति ? कुरा यहीँनेर अडिन्छ ।
पत्रकारको अवस्था सुधारका निम्ति कठोर साहस र संघर्ष भएको पत्रकार नेतृत्व पाउन गाह्रो रहेछ । पत्रकारहरुको चरित्र, आचरण र योग्यताका बारेमा बहस हुन आवश्यक छ । आप्mनो हातमा भएको कापी, कलम र माइक विकृति र अन्यायका विरूद्धमा लेख्न र बोल्नका लागि हो भन्ने कुरा पत्रकारले बुभ्mन जरूरी छ । पत्रकारको चरित्रका बारेमा बहस वा टीका–टिप्पणी गर्ने साहस सबैसँग नहोला, तर त्यसो भन्दैमा पत्रकारितालाई गलत तरिकाले उपयोग गर्ने पत्रकार पनि सजिलै उम्कन सक्छन्, यो भने हुँदै होइन । केही पत्रकारले आप्mनो हातमा भएका कापी र कलमको दुरूपयोग गर्न खोजेको पनि कहीँ कतै सुन्ने गरिएको छ । जसको दीर्घकालीन असर स्वयं ऊमाथि त परिरहेको हुन्छ नै, त्यसबाहेक समग्र पत्रकारको आदर्शमा नै नकारात्मक असर परिरहेको हुन्छ । पछिल्लो समयमा आइपुग्दा केही पत्रकारको आचरणका कारणले सार्वजनिक रुपमा सम्मान कमाएका पत्रकारहरुलाई पनि अप्ठ्यारो पारिरहेको छ । पत्रकारको हैसियतले पाएको सम्मान मह¤वपूर्ण सावित हुन गाह्रो भैरहेको छ । सम्पूर्ण पत्रकार जगतको आदर्श र उनीहरुप्रतिको दृष्टिकोणमा बिस्तारै परिवर्तन हुँदैछ । पत्रकारहरु विभिन्न शक्तिकेन्द्रहरुद्वारा प्रभावित हुने गरेको आरोप बढ्दै गइरहेको छ । अब छाया पत्रकार हुनुका नाताले मात्र यस्ता गलत मात्यतालाई भत्काउन सक्ने सम्भावना देखिँदैन ।
Discussion about this post