ADVERTISEMENT
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१२ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

घरेलु हिंसाको मुद्दा दर्ता ज्यादै कम

by चितवन पोष्ट
२०७० फाल्गुन १९, सोमबार ०२:५२ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

थप पीडाको डरले उजुरी न्यून[divider]
बसन्त पराजुली
भरतपुर । घरेलु हिंसामा पीडित महिला कानुुनी उपचारका लागि न्यायालय जाँदै नजाने र गइहाले पनि सहमतिमा मुद्दाको किनार लगाउने प्रवृत्ति देखिएको छ । चितवनमा पारालिगल कमिटीमा दर्ता भएका उजुरी र न्यायालयमा दर्ता भएका मुद्दालाई हेर्ने हो भने घरेलु हिंसापीडित न्यायालयसम्म पुग्नेको संख्या ज्यादै न्यून देखिएको हो ।
‘घरेलु हिंसापीडित सकेसम्म न्यायालयमै पुग्दैनन् । पुगे पनि मिलापत्रमा मुद्दाको किनारा लाग्ने गरेका पाइन्छन्’ महिला अधिकारका क्षेत्रमा क्रियाशील कालिका महिला समूहका कार्यक्रम अधिकृत कृष्ण पन्तले भने, ‘घरेलु हिंसा पहिला सार्वजनिक हुनै गाह्रो छ, भए पनि न्यायालयसम्म पुगेर कानुनी उपचार खोज्ने प्रचलन देखिदैन ।’
गत वर्षको पुसदेखि यो वर्षको मंसिर मसान्तसम्ममा चितवनको  पारालिगल कमिटीमा ८३० घरेलु हिंसाका उजुरी परेका छन् । जसमध्ये पारालिगल आफैँले ७९६ छलफलबाट टुङ्गो लगाएको पाइन्छ भने ३३ वटा प्रहरीलाई बुझाएको देखिन्छ । प्रहरीले पनि सकेसम्म छलफलबाटै समस्याको समाधान खोज्ने र नभए मात्रै कानुनी उपचारका लागि सिफारिस गर्ने वा राय दिने भएकाले पनि यो अवस्था आएको हो ।
यसरी बुझाइएका उजुरीमध्ये पनि चितवन जिल्ला अदालतमा यो अवधिमा  दुर्ई वटा मुद्दामात्रै दर्ता गराएको पाइन्छ । यसरी दर्ता गरिएको मुद्दामा पनि एक मुद्दापीडित आफँैले फिर्ता लिएको र एक मिलापत्रमा टुंगिएको चितवन जिल्ला अदालतले जनाएको छ ।
‘घरेलु हिंसाको मुद्दा कमैमात्र दर्ता भएको छ । दर्ता भएपनि मिलापत्रमा टुंगिएको अवस्था छ’, जिल्ला न्यायाधीश हिमलाल बेलबासेले बताए ।
कुटपिट यातना, मानसिक तनाव आदि घरेलु हिंसाभित्र पर्छ । नेपालको कानुनले घरेलु हिंसा पीडकलाई तीन महिनादेखि ६ महिनासम्म कैद वा २५ हजार जरिबाना वा दुवै हुने व्यवस्था गरेको छ । तर यो देवानीअन्तर्गत पीडित आफैँ अदालतमा उपस्थित भएर मुद्दा दर्ता गर्नुपर्ने व्यवस्था छ । यो कानुनअनुसार कारबाहीको माग गरेर अदालतमा पुग्ने पीडितको संख्या निकै कमी हुनुमा यस मुद्दाका बारेमै सर्वसाधरणलाई जानकारी नभएजस्तो लाग्छ कानुन व्यवसायी फूलमाया रानाभाटलाई ।
‘कानुन छ तर कानुनकै बारेमा जानकारी छैन’, उनले थपिन्, ‘घरेलु हिंसापीडित हुनेक्रम बढ्दो छ । तर कारबाही र दण्ड कम हुँदा पनि मानिसहरु न्यायालय जाने आँट गर्न सकिरहेका छैनन् ।’
घरभित्रै भएका कारण धेरै महिलाहरु सार्वजनिक हुन नचाहने र सार्वजनिक भए पनि घर निकाला हुने वा परिवारसँग थप पीडा भोग्नुपर्ने डरले पनि कानुनी उपचारमा कमी हुने गरेको हो । अधिकारकर्मी कृष्ण पन्त भने घरेलु हिंसालाई सामान्य र गंभीर हिंसाका रूपमा विभाजन नगर्दा समस्या आएको बताउँछन् ।
‘हिंसा पीडकलाई कारबाहीका लागि सजाय वृद्धि गरिनुपर्छ’, पन्तले भने, ‘स्थानीय निकायहरुमा अहिले पनि घरेलु हिंसाका उजुरी सुन्नेको व्यवस्था भएको पाइँदैन । त्यो तत्काल हुनुपर्छ ।’
अदालतको न्याय सम्पादनमा हुने ढिलाइले पनि पीडितहरु अदालतसम्म नआउने गरेको गुनासो सर्वसाधरणको छ । घरेलु हिंसा पीडितसम्बन्धी मुद्दाले प्राथमिकता पाउने र भएको कानुनलाई व्यवहारमा लागू गर्दै समय सापेक्ष सुधार गरेर जाने हो भने घरेलु हिंसासम्बन्धी मुद्दा न्यायालयसम्म ल्याउन सकिने बताइन्छ ।

Related Posts

नेपाली सेनाद्वारा निर्मित हल भरतपुर महानगरलाई हस्तान्तरण

नेपाली सेनाद्वारा निर्मित हल भरतपुर महानगरलाई हस्तान्तरण

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

मिस धादिङको नाममा ठगी गर्ने दुई पक्राउ

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

टिपरले ठक्कर दिँदा दुईको मृत्यु

Discussion about this post

अन‌ि यो पनि

नेपाली सेनाद्वारा निर्मित हल भरतपुर महानगरलाई हस्तान्तरण
समाज

नेपाली सेनाद्वारा निर्मित हल भरतपुर महानगरलाई हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्त्वपूर्ण काम गरिरहेको बताएकी छिन् । नेपाली सेना बटुक...

Read more
एकैदिन २५ जना फरार अभियुक्त पक्राउ

मिस धादिङको नाममा ठगी गर्ने दुई पक्राउ

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

टिपरले ठक्कर दिँदा दुईको मृत्यु

दिल्लीद्वारा सन्दीप फुकुवा

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

मध्यवर्ती क्षेत्र अतिक्रमणमा भोटको राजनीति

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In