गोरखा । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको अध्यक्षमा भीमलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
शनिबार सम्पन्न छैटौँ साधारणसभा तथा चौथो अधिवेशनबाट कुल ३२ जना सदस्य रहेको जिल्ला शाखाको ११ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा शिवप्रसाद उप्रेती, सचिवमा अनुपमा खनाल, सहसचिवमा केशव बस्नेत र कोषाध्यक्षमा प्रसन्न पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिमा प्रेस चौतारी, प्रेस युनियन र एक पदमा क्रान्तिकारी पत्रकार सङ्घका सदस्य रहेका छन् ।
अधिवेशनले केन्द्रीय पार्षद् चयन गर्न भने अझै सकेको छैन । कार्यक्रममा केन्द्रीय प्रतिनिधिका रूपमा नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष सीताराम वर्माले संयोजन गर्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ कास्कीको नवौँ जिल्ला अधिवेशनले रामकृष्ण ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
शाखाको उपसभापतिमा राजेन्द्र अधिकारी, सचिवमा त्रिभुवन पौडेल, कोषाध्यक्षमा रामप्रसाद तिमिल्सिना र सहसचिवमा कृपा भण्डारी निर्वाचित हुनुभएको छ ।
Discussion about this post