सौराहा । नेपाल दाना उद्योग संघ चितवनको सौराहामा सम्पन्न १३ औं साधारण सभाले दुर्गाप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रेम गिरी, सचिवमा बालचन्द्र खनाल, कोषाध्यक्षमा नारायणप्रसाद आचार्य चयन हुनुभएको छ । समितिको सदस्यहरुमा सूर्यमान श्रेष्ठ, जनकमान श्रेष्ठ, बीरबहादुर गुरुङ, विनोद पोखरेल, राजकुमार बस्नेत, रामकुमार श्रेष्ठ, सोमनाथ तिमल्सिना, रामचन्द्र अधिकारी, भीमकुमार श्रेष्ठ र युवराज पाठक रहनुभएको छ ।
Discussion about this post