पटिहानी । पटिहानी रेडक्रस सोसाइटी उपशाखाले पटिहानीवासीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नयाँ एम्वुलेन्स सञ्चालन ल्याएको छ । विगत केही वर्षदेखिको प्रयासपछि सोसाइटीले एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको रेडक्रस सोसाइटी उपसाखा पटिहानीले जानकारी दिएको छ ।
पटिहानीका ९ वटा वडाहरु पटिहानी, टाउन, पद्मपोखरी, सुन्दरवस्ती, पकडी, व्रह्मपुरी, गंगानगर र धनौजीका वासिन्दालाई समेट्ने उद्देश्यले एम्वुलेन्स सेवा सञ्चालनमा ल्याएको समाजसेवी रामजीप्रसाद सापकोटाले बताउनुभयो ।
Discussion about this post