गैंडाकोट । विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैँडाकोटले सहकारी शिक्षा शिविर सम्पन्न गरेको छ । दुईदिने कार्यक्रमअन्तर्गत विकुले पहिलो चरणमा नवलपरासीको मुकुन्दपुर गाविस–२ को मटिकुरी कावासोती ५ को मगरकोटमा शिक्षा शिविर सम्पन्न गरेको हो ।
शिक्षा शिविरमा सहकारी अभियानको मूल्य, मान्यता, मह¤व र आवश्यकतालगायत विकुले समुदायमा सञ्चालन गरेका सदस्य सेवाका कार्यक्रमहरुको बारेमा पनि जानकारी गराइएको थियो ।
मुकुन्दपुरमा सम्पन्न कार्यक्रममा विकु मटिकुरी मालपुर व्यवस्थापन उपसमितिकी उपसंयोजक फूलकुमारी महतोको अध्यक्षतामा भएको थियो । संस्थाको तर्फबाट अध्यक्ष हरिलाल सापकोटा, सञ्चालक सदस्य यमुनाथ आचार्य र प्रवद्र्धन अधिकृत रामप्रसाद भुसालले सहजीकरण गर्नुभएको थियो । त्यसैगरी, कावासोतीमा सम्पन्न शिक्षा शिविरको अध्यक्षता व्यवस्थापन उपसमितिका उपसंयोजक दुर्गा ढुंगानाले गर्नुभएको थियो । संस्थाका तर्फबाट शिक्षा उपसमितिका सदस्य हरिप्रसाद सापकोटा र ऋण अधिकृत गोविन्दप्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
Discussion about this post