भरतपुर । होली डे क्रियशनको आयोजनामा सांगीतिक साँझ नारायणगढमा सम्पन्न्न भएको छ । नारायणी कला मन्दिरमा आयोजित कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रस्तुतिहरु देखाएका थिए । साना–साना बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरु सहभागी थिए । बालबालिकाहरुले नाँच्ने, गाउनेदेखि बाजा बजाउनेसमेत गरेका थिए ।
कार्यक्रम संयोजक नारायण ढकालले अहिलेको समयमा बालबालिकाहरुमा लुकेर रहेको रहेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहा“ले शिक्षासँगै साँस्कृतिक प्रतिभालाई उजागर गर्दै हौसला प्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । बालबालिकाहरुले आफ्नै स्वरमा राष्ट्रिय गान गाएका थिए भने आफैले राष्ट्रिय धुन बजाएका थिए ।
बालबालिकाहरुको प्रतिभा देखेर अभिभावकहरु खुसी भएका थिए । कार्यक्रमको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले उद््घाटन गर्नुभएको थियो । कार्यक्रममा सीमा सुरक्षा बल आ“पटारीका प्रहरी उपरीक्षक गणेश थापालगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सयौंको संख्यामा अभिभावकहरु बालबालिकाहरुको प्रतिभा हेर्न नारायणी कला मन्दिर पुगेका थिए ।
Discussion about this post