भलिबलको उपाधि शमशेर दल गणलाई

अन‌ि यो पनि

भरतपुर । पद्मोदय युवा क्लव पटिहानी–३ पदमपोखरीको आयोजनामा भएको जिल्लास्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि शमशेर दल गण भरतपुरले पाएको छ ।
शुक्रबार भएको फाइनल खेलमा मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरलाई २५÷११, २५÷१२ र २६÷२४ को सोझो सेटमा पराजित गर्दै शमशेर दल गणले उपाधि जितेको हो । उपाधिसँगै शमशेर दलले नगद ३० हजार रुपैया“, ट्रफी, प्रमाण पत्र, मेडल पाएको छ । उपविजेता मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्रले नगद २० हजार रुपैया“ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
पहिलो र दोस्रो सेटमा सजिलै आफ्नो पक्षमा पारेको शमशेर दलले अन्तिम सेटमा भने संघर्षपूर्ण जित हासिल गरेको हो । विजेता र उप–विजेता टोलीलाई स्थानिय समाजसेवी विमलसिंह ठकुरी र क्लवका अध्यक्ष रामहरि सेढाईले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा शमशेरले दद्रेहनी र मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्रले शारदानगर खेलकुद परिषद्लाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीमा मध्यक्षेत्र प्रहरी तालिम केन्द्रका घनश्याम चौधरी घोषित भए भने अनुशासित टिममा शिवनगर जागरण मञ्च घोषित भएको क्लवका अध्यक्ष सेढाईले जानकारी दिए । महाशिबरात्रिको अवसर पारेर आयोजना गरिएको सो प्रतियोगितामा जिल्लाका १६ वटा समूहले सहभागिता जनाएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया