ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

भविष्य

by चितवन पोष्ट
२०७० फाल्गुन १७, शनिबार ०३:३९ गते
in साहित्य
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

“दिदी ल आउनुस्, आउनुस् । कहाँसम्म जाने हो तपाईं ? ल आउनुस्…टाँडी, पर्सा, भण्डारा ः टाँडी, पर्सा, भण्डारा…,” मेरो आडैमा हतारमा भएजस्तै
गरेर उभिएकी एउटी अर्धबैँसे दिदीलाई गाडीको खलाँसीले एकै सासमा सोध्यो ।
जान त मलाई पनि थियो, तर ती दिदीजस्तो हतारिएको भने
थिइनँ । गाडीमा बस्ने ठाउँ भए जाने, नत्र अर्को गाडी कुरेरै भए पनि सिटमा नै बसेर जाने सुरमा थिएँ म । तर, त्यो खलाँसीको स्वर कताकता चिनेजस्तो लाग्यो । आफूसँग परिचितजस्तै लाग्यो र त्यो सानो मिनी गाडीतर्फ टाउको मोडेँ । मेरो अड्कल सही नै साबित भयो, आखिर त्यो स्वर मसँगै स्कुलमा पढेको साथीको रहेछ । के बोलूँ, के बोलूँ भो…तर गाह्रो भने धेरै समय भएन । उसैले सोध्यो ः
‘कता जान लागेको, सञ्चै
छौ ?’
मलाई पनि सजिलो त भयो केही बेरलाई । सजिलै उत्तर दिएँ ः
‘सञ्चै छु, अनि तिमी नि ? दिदीको घर जान लागेको टाँडीसम्म’ भन्दै त्यही गाडीमा जाने सुर गर्दै छिरेँ ।
उसले पनि सञ्चै छु भन्दै मेरो बारेमा चासो राख्दै सोध्न थाल्यो ः
‘के गर्दै छौ आजकल ? पढाइ कहाँ पुग्यो…?’ आदि इत्यादि…
मैले पनि जवाफ त दिएँ, तर उसलाई प्रश्न गर्न र उसका बारेमा जान्न नै गाह्रो भयो । सोधूँ त के सोधूँ, नसोधूँ त के नसोधूँ…! सोध्नलाई मन नभएको पनि होइन, तर किन–किन अप्ठेरो लाग्यो ।
‘अनि तिमीले कता पु¥यायौ पढाइ ? प्लस टु सक्यौ कि नाइँ ?’ यत्ति नै सोधेँ ।
तर उसले त ११ को अन्तिम जाँच नै दिएको रहेनछ । ‘इन्डिया जानुपर्ने भएर जाँच आउने बेलामा त्यतै गएँ, त्यसपछि पढ्न नै छाडेँ’– मन गरूङ्गो पार्दै उसले भन्यो ।
बेकारमा सोधेँ जस्तो भान भो, तर के गर्नु ! नसोधूँ त वास्ता नगरेको जस्तो, सोधूँ त उसलाई पनि अप्ठेरो । जाने बेलामा पनि जाऊ है भन्दै सम्बोधन ग¥यो र मैले भने गएँ है भन्दै गाडीबाट ओर्लिएँ । गाडीमा बसुन्जेल भने उसलाई अरु केही सोध्ने मौका पाइनँ । गाडीमा प्यासेन्जर झार्दै र बोलाउँदैमा उसलाई फुर्सद नै थिएन ।
तर, फुर्सदी भएर घुम्न जानलाई गाडीमा बसेको मलाई भने गाडीमा बसुन्जेल र गाडीबाट झरेर पनि उसका बारेमा सोच्दा समेत नमज्जा लागिरह्यो । आफूसँगै पढेको साथीको त्यो अवस्था देख्दा सबैलाई नरमाइलो त लाग्छ नै । कसले पो सोचेको थियो र, उसलाई कुनै दिन खलासी भएको देख्नुपर्छ भनेर । त्यसमाथि उसले आप्mनो पढाइ पनि छाडेर खलासीका रुपमा आप्mनो भाग्य खोज्दै दिनहुँ हुँइकिरहेथ्यो– टाँडी, पर्सा, भण्डाराको रूटमा…..!
(सप्तगण्डकी बहुमुखी क्याम्पस)

Related Posts

कृषिमा विदेशी लगानी : किसानको दुःखमा माफियाको चलखेल !

वक्तृत्वकलामा जिया प्रथम

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

ती दिनहरु सिक्किम भ्रमणको सम्झना

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

राम्रो बानी’ : सन्देशमूलक कृति (कृति समीक्षा)

Discussion about this post

अन‌ि यो पनि

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा
राजनीति

चोरी सिकार नियन्त्रण युवा जागरणको अध्यक्षमा थापा

रत्ननगर । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहेको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण उपसमितिको अध्यक्षमा विष्णु थापा चयन भएका...

Read more
गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

गायक मिलन लामाले बनाए विपन्नका लागि अर्को घर

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन गरेँ : प्रधानमन्त्री

पार्टी शुद्धीकरणको अभियान चलेको छ : प्रधानमन्त्री

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

फरार खोज्दै एसपी राठौर, दस दिनमा आठ प्रतिवादी पक्राउ

Chitwan Post

माडीमा ७५ जना विद्यार्थीलाई झोला वितरण

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In