जुटपानी । जुटपानी–५ जमुनापुरमा बिहीबार एक कार्यक्रमका बीच भीमेश्वर शिवपाञ्चायन मन्दिरको उद्घाटन गरिएको छ ।
स्थानीय गणेश राईले मन्दिर निर्माणको लागि दुई धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । स्थानीयले ६ महिनामा निर्माण गरेको मन्दिरका अध्यक्ष चन्द्रप्रसाद पाठकले जानकारी दिनुभयो ।
त्यसैगरी जुटपानी–६ कमल चोकमा रहेको शिव पञ्चाङ्ग मन्दिरमा शिवरात्रिको अवसर पारेर शिवपुराण लगाइएको छ । गलेश्वर आश्रम देवघाटका पण्डित अपार पौडेल कथावाचन गर्नुभएको थियो । उपवाचक पण्डित गुणकान्त ढकाल रहनुभएको थियो । गत माघ महिनामा उद्घाटन गरिएको मन्दिरमा पहिलो पटक शिवपुराण लगाइएको मन्दिरका अध्यक्ष चेतबहादुर थापाले जानकारी दिनुभयो ।
Discussion about this post