भलिबलमा चार समूह सेमीफाइनलमा

अन‌ि यो पनि

पटिहानी । पद्मोदय युवा क्लब पटिहानी–३ पदमपोखरीको आयोजनामा बुधबारबाट सुरू भएको जिल्ला स्तरीय खुला नकआउट भलिबल प्रतियोगितामा चार समूह सेमिफाइनलमा प्रवेश गरेका छन् ।  बिहीबार ६ वटा खेलहरु भएका थिए ।
क्वाटर फाइनल खेलहरु सम्पन्न भएको क्लबका अध्यक्ष रामहरि सेढार्इंले जानकारी दिनुभयो । महाशिवरात्रीको अवसर पारेर आयोजना गरिएको  प्रतियोगितामा जिल्लाका १६ वटा समूहले सहभागिता जनाएका छन् ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र द्वितीय हुने टिमले २० हजार रूपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति चितवन र पटिहानी खेलकुद परिषद प्रवद्र्धक रहेका छन् भने प्रायोजक सिंहबंगुर फर्म प्रालि पटिहानी रहेको छ । प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुने आयोजकले जनाएका छन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया