भरतपुर । चितवनका क्रियाशील पत्रकारहरुको पेसागत संगठनहरुले नेपाल पत्रकार पत्रकार महासंघलाई समावेशी बनाउने प्रतिबद्वता जनाएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले बिहीबार आयोजना गरेको ‘पत्रकार महासंघमा समावेशी कसरी ?’ विषयक अन्तत्र्रिmयामा बोल्ने संगठनका प्रमुख तथा प्रतिनिधिहरुले समावेशी बनाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा प्रेस युनियनका जिल्ला अध्यक्ष नारायणप्रसाद अधिकारीले आसन्न महासंघको निर्वाचनबाट सबैको समान प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । उहा“ले फोनिज चितवनले महासंघका लागि चयन गरेको प्रतिनिधिलाई सहयोग र समर्थन रहेको प्रतिबद्वता जनाउनुभयो ।
अध्यक्ष अधिकारीले महासंघको सबैको साझा संस्थाको रुपमा विकास गराउनका लागि समावेशिता अनिवार्य रहेको बताउनुभयो । उहा“ले अहिले महासंघ कुनै एक संस्थाको पेवाजस्तै बनेकोले यसको अन्त्य हुनु जरूरी रहेको बताउनुभयो ।
प्रेस चौतारीका जिल्ला सचिव तीर्थ नेपालले पत्रकार महासंघमा आदिवासी जनजाति प्रतिनिधित्व गराउन तयार रहेको प्रतिबद्धता जनाउनुभयो । उहा“ले फोनिजले उठाएका उम्मेदवारहरुलाई सहयोग र समर्थन रहने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारीले फोनिजबाट जो कोहीले उम्मेदवारी दिएपनि समर्थन रहने प्रतिबद्धता जनाउनुभयो । उहा“ले अझैसम्म पनि महासंघलाई पूर्ण रुपमा समावेशी बनाउन नसकेको भन्दै अब आसन्न निर्वाचनबाट यसलाई लागू गराउनुपर्ने बताउनुभयो ।
यस्तै, क्रान्तिकारी पत्रकार महासंघका सचिव प्रकाश ज्ञवालीले पत्रकार महासंघलाई समावेशी बनाउन आफूहरु एकमत रहेको बताउनुभयो ।
Discussion about this post