रामपुर । कृषि पशु विज्ञान अध्ययन संस्थान रामपुरका प्राध्यापक तथा कर्मचारीहरुले हरेका कुरामा क्याम्पस उदासीन भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्राध्यापक तथा कर्मचारीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी पाउनुपर्ने तलब नपाइरहेको, बढी तलब दिन आलटाल भएको, विनाकारण कर्मचारी सरूवा गरिएको, विद्यार्थीहरुको मागप्रति बेवास्ता गरिएको आरोप लगाएका छन् । जारी विज्ञप्तिमा बाम्बार गल्ती दोहो¥याउने, व्यक्तिगत स्वार्थ लिन पछि नपर्ने, प्राध्यापक कर्मचारीको कार्य मूल्याङ्कन नगर्ने प्रवृतिको अन्त्य गर्न माग गरिएको छ ।
पदाधिकारी नियुक्तिमा राजनैतिक भागवण्डा, विद्यार्थी संघसंगठनको हडताल, प्रशासनिक असक्षमता, प्रष्ट नियम विनियम नहुनु, दूरदर्शीताको कमीलगायतका कमजोरी जारी विज्ञप्तिमा देखाइएको छ ।
Discussion about this post