नारायणगढ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा हुन लागेको विराट सत्संग समारोह २०७० को तयारी पूरा भएको छ । फागुन १६ र १७ गते चल्ने सत्संग समारोहमा सतपालजी महाराजले मानव उत्थानको सिद्धान्त र प्रयोगात्मक अभ्यासबारे प्रवचन दिने कार्यक्रम रहेको छ ।
बुधबार समारोह आयोजनास्थल नारायणी नदी किनारमा भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै सेवा नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय सल्लाहकार डा. जेपी अग्रवालले यस कार्यक्रममा युवाहरुको मुख्य सहभागिता रहने बताए । समितिका सचिव विनोद शर्माले समारोहका सवै तयारी पूरा भएको जानकारी दिए ।
सम्मेलनमा निवासानन्दको उपस्थिति रहेको थियो । समारोह सुरू हुनुपूर्व नेपाल सरकारको मूख्य सचिव लीलामणि पौडेलको उपस्थितिमा नगर सफाइ कार्यक्रम हुने भएको छ ।
Discussion about this post