भरतपुर । स्थानीय प्रशासनले महाशिवरात्रीको अवसरमा भांग, धतुरोजस्ता जुनसुकै नसालु बस्तु बिक्री तथा सेवन नगर्न आग्रह गरेको छ । नसालु पदार्थ मिसावट गरी मिठाइजन्य खाद्यान्न बनाई बिक्री एवं वितरण भए ऐनबमोजिम कारबाही गर्ने चेतावनी पनि प्रशासनले दिएको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माले विज्ञप्तिमार्फत त्यस्ता नसालु पदार्थको प्रयोगबाट मानव स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने हुँदा बिक्री तथा वितरण नगर्न सर्वसाधारणमा आग्रह गर्नु भएको हो । त्यस्ता नसालु पदार्थ कसैलाई झुक्याएर खुवाएमा पनि उजुरी हाले कारबाही गरिने विज्ञप्तिमा बताइएको छ ।
Discussion about this post