परासी । नवलपरासीस्थित महेशपुर भन्सार नाकामा पहिलो पटक आलो माछा भण्डारण गर्न गोदाम सञ्चालनमा ल्याइएको छ । गोदाम नभएर भण्डार गर्न समस्या भएपछि अनिल सप्लायर्सले गोदाम सञ्चालनमा ल्याएको हो । गोदाम भन्सार नाका नजिक रहेको छ ।
गोदामको अभावमा भारतबाट दैनिकजसो माछा आउने भए पनि भण्डारण गर्न व्यवसायीलाई समस्या हँुदै आएको थियो ।
जिल्लामा वार्षिक दुई हजार ५०० मेट्रिक टन माछाको माग रहेको छ भने स्थानीय रूपमा जम्मा एक हजार ३०० मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ ।
Discussion about this post