कल्पना भट्टराई
नवलपरासी । गुठीप्रसौनी गाविसको वडा नं ५ हरपुरका ६० बार्षिय रामनारायण कोइरीका पुर्खा त्यहि थलोमा मृत्यूवरण गरे ।
उनी सम्म आइपुग्दा पा“चौ पुस्ता चलिरहेको छ । जुन थलोमा आºना पुर्खा बसे त्यहिथलो उनको भएन । उनी भन्छन्,लामो समयदेखि बसोबास गर्दै आएपनि जग्गाको लालपूर्जा नपाउदा समस्यामा परेका थियौ । लामो समयको पर्खाइमा नापि कार्यालयले वितरण गरेको जग्गाधनी लालपूर्जा पाएपछि खुसिले गद्गद् हुदै उनले भने बल्ल हाम्रो समस्याको समाधान भयो ।
उनको जग्गा पनि गा“उ ब्लकमा परेको थियो । जग्गा गा“उ ब्लकमा परेपछि उनी भुमी भएपनि भुमीको स्वामित्वको अधिकारबाट बञ्चित भएका थिए । ४५ बर्षपछि मात्र उनले जग्गाधनी पूर्जा(लालपूर्जा) प्राप्त गरेका हुन् ।
त्यस्तै गा“उब्लकमा जग्गा हुदा गुठीप्रसौनी गाविस ५ हरपुरकै अलसागिर हजाम (४३) पनि समस्या थिए ।
यस जग्गालाई पहिला पनि २०३६ सालमा गाविसले पूर्जा थियो ।पूर्जामा ४ किल्ला मात्र थियो । हेर्नकालागि मात्र पूर्जा थियो तर त्यसबाट केहि काम गर्न मिल्दैन थियो ।बैंकबाट ऋण निकाल्नकालागि पनि बैंकले धितो राख्न नमान्दा घरयासी प्रयोजनकालागि ऋण निकाल्न नपाएको अनुभव हजामले सुनाए ।
लालापूर्जाकालागि धेरै समय मालपोत र नापी कार्यालय धाएपनि लालपूर्जा पाउन सकेका थिएनौ तर,अहिले गा“उ वितरण गर्न लाग्दा र आफ्नो जग्गाको पूर्जा पाउदा खुसि लागेको बताए । पूर्जा पाएपछि बैंकबाट ऋण निकाल्न पाइने बताउछन् । अब त जग्गाको किनबेच गर्न पनि पाइन्छ उनले भने ।
जग्गा ब्लकमा पर्दा यस गाविसका स्थानियवासी समस्यामा परेका थिए । २०२४ सालमा नापीको समयमा स—साना टुक्रा भएको बस्तीको जग्गालाई पछि नाप्ने भनि भनी छाडेको र धेरै घर भएको वस्ती जसलाई एउटै कित्तामा राखि डिही भनेर नामाकरण गरिएको तर त्यसभित्र रहेका प्रत्येक व्यक्ति वा घरको कित्ताकाट नगरेको,कानुन अनुसार नछुट्टाइएको जग्गालाई गा“उ ब्लकमा राखिएको थियो ।
नवलपरासी जिल्लाका ४३ गाविसमा गा“उ ब्लक जग्गा रहेको छ । गा“उ ब्लकमा जग्गा भएका जिल्लाका किसानहरुको भुमीमाथिको स्वामित्व स्थापित गराउनकालागि लागि इन्द्रेणी समाजिक विकास मञ्चले भुमि अधिकारका सवालमा विगत सात बर्ष देखि काम गरेको छ ।
गा“उ ब्लगमा जग्गा परेका किसानहरुको समूह बनाई उनीहरुको भूमीमाथिको स्वामित्व कायम गराउनकालागि अधिकारप्रति सचेत गराउने काम गरेको भूमी अधिकार मञ्च नवलपरासीका अध्यक्ष पूर्ण कुमार बोहोराले बताए ।
गा“उ ब्लक भित्र पर्ने जग्गाको नाप नक्सा र लालपूर्जा वितरणमा ढिलाई भएपछि जिल्लाको मालपोत कार्यालय,नापि कार्यालय देखि मन्त्रालय सम्म दवाव दिनकालागि विभिन्न समयमा आन्दोलन र धर्ना समेत दिएको स्थानियवासी सुमित्रा गौणले बताइन् । धरै पटक त डेलिगेशन पनि गयौ, उनले भनिन् ।
गा“उ ब्लग जग्गा नेपालको ३० जिल्लामा रहेको छ । नवलपरासी जिल्लाको एक नगरपालिका सहित ४३ गाविसमा गा“उ ब्लक जग्गा रहेको छ । त्रिवेणी, रामपुरावा, कुडीया, पक्लिहवा, पंचनगर, तिलकपुर, मनरी, अमरोट, बञ्जिरीया र नगरपालिकाका केहि स्थानमा नापी गरी सकिएको छ ।
रुपौलीया, प्रतापुर, जमुनियामा जग्गा नापी गरिदैछ । अहिले सम्म जहदा,रामनगर र गुठीप्रसौनी गरि पूर्जा वितरण गरिएको जिल्ला नापी कार्यालयका सहायक प्रमुख शुग्रिब यादवले बताए ।
आगामी आर्थिक बर्ष सम्ममा नवलपरासीका सबै गाविसमा जग्गाको नापी गरेर सकिने लक्ष्य रहेको छ ।
Discussion about this post