ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

काँग्रेस–एमालेबीच दस÷दस मन्त्रालय वितरणमा सहमति

by चितवन पोष्ट
२०७० फाल्गुन १३, मंगलवार ०३:०६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगगढ । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच हाललाई दस÷दस वटा मन्त्रालय बाँडफाँड गर्ने अनौपचारिक सहमति भएसँगै मन्त्रिमण्डलको विस्तार चाँडै हुने भएको छ ।
उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय एमालेलाई दिन प्रधानमन्त्री सुशील कोइराला तयार भएपछि दुई दलबीच आइतबार वार्ता प्रारम्भ भएको थियो । आज बिहानसम्मको अनौपचारिक वार्ता र सहमतिका आधारमा हाललाई दुवै दललाई दस÷दस वटा मन्त्रालय वितरण गरिने भएको एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार काँग्रेसलाई रक्षा, अर्थ, सूचना तथा सञ्चार, सहरी विकास, शिक्षा, स्थानीय विकास, आवास तथा भौतिक, शान्ति तथा पुनःनिर्माण र कानुन तथा न्याय र एमालेलाई गृह, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, संस्कृति÷पर्यटन, वन तथा भूसंरक्षण, युवा तथा खेलकुद, कृषि तथा सहकारी, भूमिसुधार र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।
कुल २६ वटा मन्त्रालयमध्ये बाँकी पाँच वटा मन्त्रालय हाललाई प्रधानमन्त्रीले राख्ने र सहमतिका आधारमा अन्य साना दललाई दिइने भएको छ । नेकपा (माले) र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा जाने भएका छन् ।
मन्त्रालयको वितरणबारे दुवै दलको वार्ता टोलीले तयार गरेको सो खाकामा शीर्ष नेताबीच अन्तिम छलफल भई सम्भवतः आज साँझसम्ममा मन्त्रिमण्डल विस्तार गरिने छ ।
दुवै दलका पदाधिकारी तथा स्थायी कमिटीको अनौपचारिक बैठक अहिले अलग–अलग बसिरहेको छ ।
सोमबार पनि सरकारले पाएन पूर्णता
यसैबीच संसदबाट प्रधानमन्त्री निर्वाचित भएको दुई हप्ता वित्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन् । काँग्रेस र एमालले बनाउने भनेको सरकार मन्त्रालय बाँढफाँडका कारण पूर्णता पाउन नसकेको हो ।
दुई पार्टीबीच सोमबार मन्त्रालय बाँढफाँडमा सहमति भए पनि पार्टीको आन्तरिक विवादका कारण मन्त्रिपरिषदले आज पूर्णता पाउन सकेन् । आइतबार नै एमालेलाई गृह दिएर मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका प्रधानमन्त्री कोइरालाले आज पनि मन्त्रिपरिषद विस्तार गर्न सकेनन् ।
प्रधानमन्त्री कोइरालाले सोमबार नै मन्त्रिपरिषद् विस्तारको तयारी गरेपनि कांग्रेस र एमालेले मन्त्रीहरुको नाम टुङ्गो लगाउन नसकेपछि उनी मन्त्रिपरिषद विस्तारका लागि असफल भएका हुन् ।
बाँकी मन्त्रीहरु पछि पठाउने भन्दै एमालेले उपाध्यक्ष वामदेव गौतमलाई मात्र सपथ खुवाउन आग्रह गरेको थियो । यसअघि आइतबार एमालेबाट गौतमसँगै सचिव विष्णु पौडेललाई पनि सरकारमा पठाउने निर्णय गरेको थियो । तर उनलाई पठाउने भनेको सञ्चार मन्त्रालय काँग्रेसको भागमा परेपछि उनलाई पठाउने नपठाउनेमा एमाले अनिर्णयमा रहेको छ ।
कांग्रेसले पनि मन्त्रीहरुको नाम टुङ्गो लगाउन बाँकी रहेकाले सपथ हुन सकेन ।
बालुवाटार स्रोतका अनुसार सोमबार मन्त्रिपरिषद् विस्तार नहुने भएको छ । कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले छलफल जारी रहेको भन्दै मन्त्रिपरिषद् विस्तारको सम्भावना कम रहेको बताए ।
यसैबीच नेकपा एमालेको स्थायी समितिको बैठकले पार्टीबाट सरकारमा पठाउने मन्त्रीहरुको नामावली छान्ने जिम्मा अध्यक्ष झलनाथ खनाल, संसदीय दलका नेता केपी ओली र उपाध्यक्ष वामदेव गौतमलाई दिएको छ ।
सोमबार धापासी स्थित ग्राण्डी इन्टरनेसनल हस्पिटलमा बसेको बैठकले मन्त्री बन्ने नेताको नाम छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको हो । मन्त्री बन्ने नेताको नामावली तीन नेताले टुंगो लगाउने निर्णय भयो महासचिव इश्वर पोखरेलले जानकारी दिए ।
उनले जिम्मा दिएका नेताहरुले पार्टीमा थप छलफल गरेर मन्त्री बन्ने नेताहरुको टुंगो लगाउने बताए । महासचिव पोखरेलले मन्त्रीको नाम छान्दा बरिष्ठ नेता माधव नेपालसँग पनि छलफल हुने बताए ।
त्यस्तै चुनावमा विजयी भएकालाई प्राथमिकता दिन पनि वैठकले निर्देशन दिएको छ । बैठकपछि उपाध्यक्ष गौतम र सचिव विष्णु पौडेल प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगेका थिए । उनीहरु आधा घण्टा प्रधानमन्त्रीसँग छलफल गरेर बाहिरीएका थिए ।

Related Posts

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In