माडी । चितवनको माडीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
काठमाडांैबाट माडी हुँदै ठोरीतर्फ जाँदै गरेको ना ३ ख ३०३० नम्बरको यात्रुवाहक बसले सोमबार बिहान ६ बजे ठक्कर दिँदा वनकटाका स्थानीय करिब ३० वर्षका भोजराज पौडेलको मृत्यु भएको हो ।
गम्भीर घाइते पौडेलको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
Discussion about this post