सप्तगण्डकीले चुम्यो उपाधि

अन‌ि यो पनि

भरतपुर । चितवन जिल्लाको सर्वाधिक पुरस्कार राशीको अन्तर कलेज राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले चुमेको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पसमा सोमबार भएको फाइनलमा अमर जनशक्ति कलेज पटिहानीलाई टाइब्रेकरमा ३—२ गोल अन्तरले पराजित गर्दै सप्तगण्डकीले उपाधि चुमेको हो । विजयी सप्तगण्डकी टिमले नगद ७५ हजार रूपैयाँ प्राप्त गरेको छ । निर्धारित समयमा दुवै तर्फबाट १÷१ गोल भएपछि १० मिनेट समय थप गरिएको थियो । थप गरिएको समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
पहिलो हाफको पा“च मिनेटमा सप्तगण्डकीका दोर्जे लामाले गोल गरेपनि दोस्रो हाफको ७२ आंै मिनेटमा अमर जनशक्तिका सन्तोष गुरूङले बराबरी गोल फर्काएपछि खेल टाईब्रेकरमा धकेलिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा यही माघ २६ गतेदेखि सुरू भएको प्रतियोगितामा १६ वटा कलेजहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उपविजेता अमर जनशक्ति कलेजले नगद ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सर्वाधिक गोलकर्ता बालकुमारी कलेजका अमिर गुरूङ, उत्कृष्ट खेलाडी अमर जनशक्ति कलेज पटिहानीका दिनेश कुँवर, उत्कृष्ट गोलकिपर सप्तगण्डकीका मनोज गुरूङ र उत्कृष्ट डिफेन्डर सप्तगण्डकीकै रूबेल चौधरीलाई पनि नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक निरज भट्टले जानकारी दिनुभयो ।
विजयी टोलीलाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले चितवनका अध्यक्ष जेएन थपलियाले ट्रफी तथा पुरस्कार प्रदान गर्नु भयो । समापन कार्यक्रममा गायक शिव परियारसहित राष्ट्रियस्तरका कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति गरेका थिए ।
अनेरास्ववियुको आह्वान खेल र खेलाडीको सम्मान भन्ने नाराका साथ सञ्चालित प्रतियोगिताको अवधिभर क्याम्पसका प्राध्यापक र कर्मचारी, आयोजक र पत्रकार तथा छात्राछात्राका बीचमा विभिन्न तीन वटा मैत्रीपूर्ण खेलहरु समेत भएका थिए ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया