ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

पाँच हजार योगी शिवरात्रिमा आउने

by चितवन पोष्ट
२०७० फाल्गुन १३, मंगलवार ०२:५० गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ फागुन । यस वर्षको शिवरात्रिका अवसरमा पशुपतिनाथमा  मन्दिर र परिसरमा सरसफाइ र रङरोगन, वाग्मतीको सरसफाइ, साधुसन्त तथा योगीहरुको प्रदर्शन र वैष्णोदेवीको प्रतिकृतिको  दर्शन मुख्य आकर्षण हुने भएको छ ।
प्राचीनकालदेखि नै भारतबाट योगी तथा सन्तमहन्त पशुपतिनाथमा आउने परम्परानुसार यस वर्ष करिब पाँच हजार योगीको आगमन हुने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ । शिवरात्रि व्यवस्थापनअन्तर्गत सन्तमहन्तलाई आवास, भोजन, दाउरा, पाल र दक्षिणा गरी  करिब एक करोड ४४ लाख खर्च हुने कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताउनुभयो ।
पशुपतिनाथमा योगीहरु आउने चलन प्राचीनकालदेखि चलेकामा सात सालपूर्व चाहिँ शिवरात्रिमा मात्र उनीहरु नेपाल आउन पाउने नियम बसेको रहेछ । उनीहरुलाई अमलेखगन्जदेखि नै स्वागत गरी राजधानी भित्र्याइन्थ्यो । अहिले योगीहरुले स्तर हेरी रु दुई सयदेखि रु  पाँच हजारसम्म बिदाइस्वरुप दक्षिणा पनि पाउने  गर्छन् । यस वर्ष करिब पाँच हजार परमहंस, आचार्य, स्वामी र साधारणस्तरका योगी भारतका विहार, हरियाणा, गुजरात, मुम्बइ, कर्णाटक, आसाम, सिक्किम, दार्जिलिङ आदि स्थानबाट आउने आउने अनुमान छ । अहिले कामरुप कामाक्षाबाट ११० वर्षका मिलनबाबा आइसक्नुभएको बताइएको छ ।
शिवरात्रिका अवसरमा योगीहरुलाई अस्थायी र घुम्ती शौचालय तथा धाराको व्यवस्था भइसकेको र तीन दिन विद्युतीय भारकटौती नहुने सदस्यसचिव टण्डनले बताउनुभयो । शिवरात्रिमा पशुपतिनाथको शीघ्रदर्शनका लागि रु एक हजारको शुल्क पनि  तोकिएको छ ।
बाह्र ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि एक हुन् । पशुपतिनाथ ज्योतिर्लिङ्गमध्येकै केदारनाथको शिरोभाग पनि मानिन्छ । नेपालका राष्ट्रिय र आराध्य देवताका रुपमा पनि उनी पुजिन्छन् । बुद्धि र विवेकको अभाव तथा मोह र मायाको अन्धकारमा रही बन्धन वा पाशमा रहेकाहरुलाई पशुपतिको आराधाना र उपासनाबाट मुक्ति मिल्ने विश्वास छ । लिच्छविकालमा सुपुष्पले पशुपतिनाथको मन्दिर बनाए पनि हालको  मन्दिर भने सत्रौँ शताब्दीमा राजा भूपालेन्द्र मल्ल र उनकी आमा गङ्गारानीले बनाएका हुन् ।

Related Posts

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

जिसस चितवनको वार्षिक प्रगति समीक्षा

जिसस चितवनको वार्षिक प्रगति समीक्षा

Discussion about this post

अन‌ि यो पनि

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर
विश्व

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग (म्यानुफ्याक्चरिङ) मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक...

Read more
खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In