प्रगतिनगर । नवलपरासीको विश्वज्योति उच्च मावि प्रगतिनगरले ‘बालबालिकाहरुको शैक्षिक विकासमा अभिभावकको भूमिका’ विषयमा एकदिने अन्तक्र्रिया कार्यक्रम भएको छ ।
बालबालिकाको उज्वल भविश्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा २०० जना अभिभावकहरुको सहभागिता रहेको थियो । प्रशिक्षक बामदेव योगीले बालबालिकालाई डर, त्रास, धम्की होइन मनोवैज्ञानिक तरिकाले सिकाइलाई अघि बढाउन शिक्षक र अभिभावकहरुलाई बताउनु भएको छ ।
अन्तक्र्रियाबाट बालबालिकाको लागि शिक्षक र अभिभावक दुवैको दायित्व उत्तिकै रहेको अभिभावकहरुले बताएका छन् । कार्यक्रम विद्यालयका प्रिन्सिपल विष्णु बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post