भरतपुर । राष्ट्रिय सुस्त मनःस्थिति संस्था नेपाल जिल्ला शाखा चितवनको १५ औँ सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्व एवम् केन्द्रीय उपाध्यक्ष मुक्तिनाथ अधिकारीको प्रमुख आतिथ्यमा भएको सभामा ईश्वरकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । संस्थाका सचिव दिनानाथ न्यौपानेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ऋद्धिचरण श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए । सो अवसरमा धर्मराज पन्त, सूर्यबहादुर मास्केलगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष श्रेष्ठले रनपा ६ निवासी शक्तबहादुर तामाङलाई ह्विलचियर प्रदान गरेका थिए ।
यस्तै नेपाल रेडक्रस सोसाइटीबाट भनपा १ लीलाचोकका सुवास घलेलाइृ कम्मल वितरण गरिएको थियो । बालहितका लागि आयुष पियाको स्मृतिमा सभापतिको परिवारबाट २५ हजार रुपैयाँको अक्षयकोष संकलन भएको थियो । यस्तै आमन्त्रित सदस्य गोमा प्रधानले स्व. भरत रविन प्रधानको स्मृतिमा पाँच हजार पाँच रूपैयाँ अक्षयकोषका लागि प्रदान गरेका थिए ।
Discussion about this post