ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

यन्त्रीकरण प्रदर्शनीमा उत्साह बढ्दो

by BIdhur Dhakal
२०७० फाल्गुन ११, आईतवार ०३:१६ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । कृषिमा यान्त्रीकरण गरी खाद्य सुरक्षामा टेवा पु¥याउने उद्देश्यले चितवनको नारायणी नदी किनारमा संचालित राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा किसानहरुको उत्साह बढ्दै गएको छ । शनिबार विभिन्न १६ जिल्लाका हजारौं कृषकहरुले प्रदर्शनीको अवलोकन गरेका छन् ।

चितवनलगायत विभिन्न जिल्लाबाट किसानहरु प्रदर्शनी अवलोकनका लागि समूहगत रुपमा आएका छन् । उनीहरुले यन्त्रीकरणले उत्पादन वृद्धि गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । प्रतियोगिताअन्तर्गत शनिबार भएको यन्त्रीकरणसम्बन्धी अन्तरत्र्रिmयामा विज्ञरुले कृषिमा प्रविधिको विकास गरे उत्पादन दोव्बरले बढ्ने बताएका थिए । कृषि इन्जिनियरिङ महाशाखाका  निमित्त कार्यकारी निर्देशक मधुसुदनसिंह बस्नेतले खाद्य सुरक्षाका लागि पनि कृषिमा यन्त्रीकरण अत्यावश्यक भएको बताउनुभयो ।
कृषकहरुले आधुनिकखेती प्रणाली र यन्त्रीकरणमा सरकारी योजनाबारे जिज्ञासा राखेका थिए । बुढान कृषक बहुमुखी सहकारी संस्था लिमिटेड बर्दियाकी उपाध्यक्ष इन्दिरा सुवेदीले यस्ता प्रदर्शनी जिल्ला जिल्लामा हुनुपर्ने तथा सरकारले अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । मेची कृषक बहुमुखी सहकारी संस्था झापाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले सरकारले मेसिन खरिदमा अनुदान दिने सुनिए पनि यसबारे दूरदराजका कृषक जानकार नरहेकाले उपकरणको प्रयोग हुन नसकेको उल्लेख गर्नुभयो ।
[divider]प्रतियोगितामा शुक्रनगरको कृषि सहकारी पहिलो
प्रदर्शनी अन्तर्गत शनिबार कृषकहरुबीच यन्त्रीकरणसम्बन्धी प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम भएको छ  । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका दुई दर्जन बढी कृषक समूहले भाग लिएका थिए ।  यन्त्रीकरणको विषयमा भएको प्रतियोगितात्मक कार्यक्रममा चितवन शुक्रनगरको मातृभूमि महिला सहकारी प्रथम हुन सफल भएको छ ।
यस्तै, गैंडाकोट बचत तथा ऋण सहकारी संस्था दोस्रो र शारदानगरको सयपत्री आईपीएम कृषक समूह तेस्रो हुन सफल भएको छ । कृषि विकास कार्यालय ललितपुरको कृषक समूहले सान्त्वना स्थान हासिल गरेको निर्णायक समितिका सदस्य सहनलाल प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताका विजयीहरुलाई समापनको दिन १२ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा १६ देशका करिव ५०० कृषि उपकरण तथा प्रविधि प्रदर्शनीमा छ ।  कृषि विभागको कृषि इन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि उद्यम केन्द्र आयोजक रहेको प्रदर्शनीको सहआयोजकमा जिल्ला कृषि कार्यालय, जिल्ला पशुसेवा, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम र उद्योग वाणिज्य संघ चितवन रहेको छ ।
प्रदर्शनीमा धान रोप्ने, गोड्ने, खेत सम्याउने, कफी छोडाउने, सिंचाइ, मकै छोडाउने,  तथा दूध, फलफूल, मासु प्रशोधनसम्बन्धी नवीन प्रविधि तथा उपकरणहरु राखिएका छन् ।
प्रदर्शनीको दोस्रो दिन पूर्वमन्त्री तथा तराई मधेस राष्ट्रिय अभियान पार्टीका अध्यक्ष  जयप्रकाशप्रसाद गुप्ताले प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।
सप्तरीमा सुन्दरी फार्म सञ्चालन गर्दै आएका गुप्ताले आधुनिक कृषिका लागि उपकरणको महत्व हुने भएकाले अवलोकनका लागि आफू चितवन आएको बताउनुभयो । उहाँले नयाँ प्रविधिले मात्रै कृषिमा क्रान्ति हुनेसमेत उल्लेख गर्नुभयो । शनिबार नै पूर्व नायिका मौसमी मल्लले पनि प्रर्दशनीको अवलोकन गर्दै कृषिमा यन्त्रीकरण अत्यावश्यक भएको बताउनुभयो ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In