• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
10 12 19, Tuesday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

खोलामा दुई युवक डुबेपछि तीन स्काभेटरमा आगजनी

–केशव अधिकारी

चितवन पोष्ट
August 11, 2019
प्रमुख समाचार, समाज
खोलामा दुई युवक डुबेपछि तीन स्काभेटरमा आगजनी

स्थानीयले आगजनी गरिदिएपछि बलिरहेको स्काभेटर ।

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धादिङ । नदी तथा खोलामा मेसिन प्रयोग गरेर बालुवा उत्खनन गर्न रोक लगाइएको भए पनि प्रहरी प्रशासनको आँखा छल्दै धादिङमा बालुवा तस्करहरुले मेसिनको प्रयोग गरिरहेका छन् ।

खोलामा बालुवा झिक्न बनाएको पोखरीमा डुबेर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६, ठूलीफाँट दरिङाल खोलामा शनिबार बिहान १० बजेतिर दुई जना युवाको ज्यान गएको छ । मेसिनले बनाएको खाल्डोमा डुबेर दुई जनाको ज्यान गएपछि आक्रोशित स्थानीयले खोलामा रहेका तीनवटा स्काभेटरमा आगजनी गरिदिएका छन् । गैरकानुनी कार्यमा संलग्न भई सार्वजनिक स्थलमा खाडल खनी मान्छेको ज्यान जाने अवस्था सिर्जना गराउनेमाथि कारबाहीको माग गर्दै खोलामा डुबेर मृत्यु भएका युवाको शव खोलाबाट निकाल्न स्थानीयले दिएका छैनन् ।

खोलामा बालुवा निकाल्ने काम गर्दै आएका गजुरी गाउँपालिका वडा नम्बर ७ का १९ वर्षका भीम तामाङ र २१ वर्षका सुमन तामाङ शनिबार खोलामा डुबेका थिए । खोला गहिरो बनाएर खनेका कारण दुवैजना खाडलमा परेर ज्यान गएको स्थानीयले बताए । देख्दादेख्दै दुई जना युवाको अकालमा ज्यान गएपछि आक्रोशित हुन पुगेका गाउँलेले तीनवटा स्काभेटरमा आगजनी गरिदिएका हुन् । आगजनीबाट स्काभेटर पूरै जलेको छ ।

सम्बन्धितसमाचार

छ महिनामा छ सय फरार आरोपित पक्राउ

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

स्थानीयले पटकपटक खोलामा मेसिन नलगाउन दबाब दिँदै आए पनि बालुवा तस्करहरुले रातिको समय पारेर गहिरो खाडल बनाई बालुवा निकाल्दै आइरहेको स्थानीयवासी बताउँछन् ।

यसअघि दरियाल खोलामा गैरकानुनी ढंगबाट सञ्चालन गरिएका तीनवटा मेसिन स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । जिल्ला समन्वय समितिले एउटा मेसिनलाई ५० हजार जरिवाना गरेको भए पनि अरु मेसिन भने स्थानीय तह र प्रहरी प्रशासनको मिलेमतोमा जरिवाना नभई छुटेका थिए ।

एक साताअघि यहाँका स्थानीयले सदरमुकाम धादिङबेँसी पुगेरै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिई प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेलाई भेटेर खोलामा मेसिन लगाउन रोकिदिन आग्रहसमेत गरेका थिए । घटनाको जानकारी आएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । आक्रोशित भीडले खोलामा रहेका सबै मेसिन जलाउने चेतावनी दिएपछि थप क्षति हुन नदिन सशस्त्र प्रहरी बल आदमघाट र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी परिचालन गरिएको छ ।

ताजा समाचार

हत्या आरोपमा चार जना पक्राउ : मोबाइलको कल डिटेलबाट समातिए अपराधी

छ महिनामा छ सय फरार आरोपित पक्राउ

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

बोलेरोको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

वन संरक्षणसँगै पर्यटकीय गतिविधिमा सक्रिय सेतीदेवी

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक