ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

क्यान्सरका बिरामीको खोजी जारी

by चितवन पोष्ट
२०७० फाल्गुन ११, आईतवार ०३:१३ गते
in समाचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनको क्यान्सर अस्पताल र नेपाल अर्वुद रोग निवारण संस्था चितवनले गाउँगाउँमा क्यान्सरका बिरामीको पहिचान गर्ने उद्देश्यले खोजी अभियानलाई जारी राखेको छ ।
क्यान्सर रोगको विषयमा पर्याप्त चेतना नहुँदा निकै न्यून मात्रामा बिरामी अस्पताल आउने गरेको पाइएपछि गाउँमै गएर क्यान्सर रोगको परीक्षण गरी रोगीको पहिचान गर्ने अभियान थालिएको हो ।
अहिले अस्पतालमा बिरामी अन्तिम अवस्थामा मात्रै आउने गरेकाले सुरूकै अवस्थाका बिरामीको पहिचान गरी उपचार गर्ने उद्देश्य यो अभियानले राखेको अर्वुद रोग निवारण संस्था चितवनका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत स्वास्थ्य शिविर नै सञ्चालन गरेर उनीहरूको रोगको परीक्षणसँगै चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । सोही अभियानअन्तर्गत यो वर्ष तय गरिएका १२ वटा कार्यक्रममध्ये दुईवटा परीक्षण शिविर सकिएको छ ।
शक्तिखोर देवीटार र गुञ्जनगरबाट ८५ जनाको परीक्षण गरिएको र उनीहरूमा कस्ता रोग छन् भन्ने विषयमा क्यान्सर अस्पतालमा परीक्षण भइरहेको चुकेले जानकारी दिनुभयो । अभियानअन्तर्गतका अन्य कार्यक्रम विभिन्न क्षेत्रमा सञ्चालन गरिनेछ ।
क्यान्सर अस्पताल चितवनका चिकित्सक डा. अनिल कार्कीले गाउँगाउँमा चेतना शिविर आवश्यक भएको बताउनुभयो । डा. कार्कीका अनुसार मानिसमा चेतना दिन सके बेलैमा उपचार हुने र रोग निको पार्न सकिने छ ।
पछिल्लो तथ्याङ्कले नेपालमा वार्षिक करिब ३६ हजार नयाँ बिरामी देखिने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले नेपालमा प्रति एक लाख मानिसमध्ये १२० जनालाई क्यान्सर लाग्ने देखाएको छ ।
तर अस्पतालको तथ्याङ्क हेर्ने हो भने उपचारका लागि निकै न्यून बिरामी मात्रै आइपुगेका छन् । चितवनको क्यान्सर अस्पतालको तथ्याङ्कमा नेपालमा कुल आठ हजार ८०० नयाँ बिरामीले मात्रै गएको एक वर्षमा उपचार गराएका छन् ।
यहाँका क्यान्सर रोग नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख किशोरकुमार प्रधानाङ्गले नेपालका विभिन्न अस्पतालको तथ्याङ्क सार्वजनिक गर्दै न्यून मात्रामा उपचारका लागि अस्पताल आएको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चितवनको क्यान्सर अस्पतालमा चार हजार ५०० नयाँ बिरामीले उपचार गराएका छन् ।
यस्तै काठमाडौँ, पोखरा र धरानका विभिन्न अस्पतालको तथ्याङ्कमा भने चितवनको जति करिब साढे ४ हजार मात्रै छ । आएका बिरामीमध्ये सबैभन्दा बढी पाठेघरको क्यान्सर, त्यसपछि स्तनको क्यान्सर र पुरुषमा फोक्सोको क्यान्सर लागेकाहरू छन् ।

Related Posts

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

भोलिदेखि काठमाडौंमा सप्ताहव्यापी सहिद दिवस

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

आमाको किरिया बसिन् महिला अधिकारकर्मी भुजेल

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

होटल अनुगमन : सातमध्ये तीन होटल परेनन् स्तरीकरणमा

Discussion about this post

अन‌ि यो पनि

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)
राजनीति

सिङ भाँचिएका तिल्के गोरुहरुले धेरै धाक नलगाए हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)

देउखुरी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका नेताहरुलाई सिङ भाँचिएका तिल्के गोरु भन्दै धेरै धाक...

Read more
दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

दुई लाख मूल्य बराबरको अवैध मालसामान बरामद

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

शंकास्पद गतिविधिमा संलग्न व्यक्ति पक्राउ

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

प्रेसिडेन्सी कलेजका विद्यार्थीद्वारा स्वीटर वितरण

निगमका पाइलटले गरे पदमार्ग सफाइ

निगमका पाइलटले गरे पदमार्ग सफाइ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In