• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
10 12 19, Tuesday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

४३ दिनसम्म बसेन प्रदेशसभा बैठक

–अमृत चिमरिया

चितवन पोष्ट
August 10, 2019
राजनीति, समाचार
४३ दिनसम्म बसेन प्रदेशसभा बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा । ३ नम्बर प्रदेशसभाको बैठक स्थगित भएको ४३ दिनसम्म पनि बसेको छैन । लामो समयसम्म संसद् बस्न नसक्दा प्रदेशसभा सदस्यहरु कामविहीन बनेका छन् । बजेटको छलफल सकाएर असार १२ गते स्थगित भएको प्रदेशसभाको बैठक भदौ ५ गते बस्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । उनले २६ गतेबाट समितिहरुको लगातार बैठक रहेको समेत बताए ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले चालू आर्थिक वर्ष ०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएपश्चात् एक महिना संसद् स्थगित गर्नुपर्ने प्रावधानका कारण बैठक नबोलाइएको बताए । ढुङ्गेलले प्रदेशसभालाई ‘बिजनेस’ पर्याप्त भएको बताएता पनि बैठक स्थगित भएपछि एउटा संशोधनसहित दुईवटामात्रै विधेयक दर्ता भएको छ ।

लामो समयसम्म प्रदेशसभाको बैठक नबस्दा मह¤वपूर्ण जनसरोकारका विषय संसद्मा उठाउन नपाएको भन्दै प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् । विवेकशीलका प्रदेशसभा सदस्य रमेश पौड्यालले आक्रोश व्यक्त गरेका छन् । यस्तै, नेकपाकै केही सांसद्ले सरकारले संसद्को बैठक नराखेकोमा आश्चर्यमा परेको बताएका छन् । यस्तै, राप्रपा संयुक्तकी प्रदेशसभा सदस्य रीना गुरूङले पनि संसद् बैठक नराख्दा जनताको कुरा राख्न नपाएको बताएकी छन् ।

सम्बन्धितसमाचार

छ महिनामा छ सय फरार आरोपित पक्राउ

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

कांग्रेसको ध्यानाकर्षण

प्रदेश ३ को संसद् लामो समयदेखि स्थगित भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद्हरुले छिटो बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएका छन् । असारको अन्तिम सातादेखिको प्राकृतिक विपद्का कारण प्रदेश ३ मा धेरै जनधनको क्षति भएको हुँदा यसबारे गम्भीर छलफल आवश्यक रहेको भन्दै प्रदेशसभा सुरू गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

प्रदेशसभालाई ‘बिजनेस’ दिने दायित्व प्रदेश सरकारको भएको भन्दै कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेशभित्रको अवस्था, विपद्को क्षतिबारे छलफल गर्न पनि संसद् सुरू हुनुपर्ने बताएका छन् । यस्तै, कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी सचेतक राधा घलेले संसद् सुरू भएको भए सबै संसद्हरुले आफ्नो क्षेत्रमा भएको जनधनको क्षतिको अवस्थाबारे सरकारलाई अवगत गराउन सक्ने भन्दै सरकारले यसबाट वञ्चित गरेको बताइन् ।

४२ विधेयक दर्ता, ३४ वटा कानुन तयार

३ नम्बर प्रदेश सरकारले कानुन निर्माणमा तीव्रता दिएको दाबी गर्दै आएता पनि हालसम्म प्राथमिकतामा राखेको ९९ कानुनमध्ये ३४ वटामात्रै बनाएको छ । हालसम्म ४२ विधेयक दर्ता भएता पनि ३४ वटा प्रमाणित भएको प्रदेशसभाका सचिव रामशरण घिमिरेले बताए ।

घिमिरेका अनुसार हालसम्म दर्ता भएका ४२ विधेयकमध्ये ३५ वटा प्रदेशसभाबाट पास भएको छ भने ३४ वटा प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको छ । एउटा भने प्रदेश प्रमुखबाट प्रमाणित हुन बाँकी रहेको छ ।

यस्तै, बाँकी विधेयकमध्ये ५ वटा विधेयक समितिमा रहेको छ । समितिमा रहेका ५ वटा विधेयकमध्ये २ वटा विधेयकको दफाबार छलफलपश्चात् प्रतिवेदन तयार भइसकेकोले अबको प्रदेशसभाको बैठकमा उक्त प्रतिवेदन पेश हुने घिमिरेले बताए । यस्तै, ३ वटाको दफाबार छलफल हुँदैछ । यही २६ गतेबाट विभिन्न समितिमा सम्बन्धित विधेयकहरुको धमाधम छलफल हुने उनले बताएका हुन् ।

प्रदेश सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले प्रदेशसभामा पर्याप्त “बिजनेस” भएको दाबी गर्दै आएता पनि असार १२ गतेबाट अहिलेसम्म २ वटा विधेयकमात्रै दर्ता भएको छ । प्रदेशले गत माघमा ल्याएको यातायात तथा सवारी व्यवस्था ऐन–२०७५ को संशोधन गर्ने विधेयक र निजी–सरकारी साझेदारीसम्बन्धी विधेयकमात्रै दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यातायात तथा सवारी व्यवस्था ऐन–२०७५ मा उल्लेख १०० प्रतिशत सवारी जरिवानाको चौतर्फी आलोचनासँगै सरकारले तत्कालका लागि सवारीसाधन नवीकरण बन्द गरेको हो । उक्त विधेयकको संंशोधन गर्न प्रदेश सरकारले विधेयक दर्ता गरेता पनि संसद् बैठक हुन नसक्दा संशोधन हुन सकेको छैन ।

ताजा समाचार

हत्या आरोपमा चार जना पक्राउ : मोबाइलको कल डिटेलबाट समातिए अपराधी

छ महिनामा छ सय फरार आरोपित पक्राउ

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

बोलेरोको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

वन संरक्षणसँगै पर्यटकीय गतिविधिमा सक्रिय सेतीदेवी

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक