खैरहनीमा व्यावसायिक घुम्ती कोष

अन‌ि यो पनि

खैरहनी । खैरहनी नगरपालिकाले कृषि पेसा गर्न चाहने युवाहरुलाई लक्षित गरी घुम्ती रिफन्ड कोषबाट सहयोग गर्ने भएको छ । कृषि पेसामा युवाहरुलाई आकर्षित गर्न चालू आर्थिक वर्षमा नगरपालिकाले कोषका लागि १० लाख रूपैयाँ छुट्याएको छ ।

नगरपालिकाका प्रमुख लालमणि चौधरीका अनुसार कार्यविधि बनाएपछि कोषबाट युवाहरुले रकम प्राप्त गर्नेछन् । कृषि पेसा गर्न चाहने युवाहरुलाई पछि फिर्ताको सुनिश्चितता गरी रकम उपलब्ध गराइने छ ।

यसैगरी, खैरहनीले माछापालन गर्ने किसान, समूह तथा सहकारीका लागि नयाँ प्रविधिमा आधारित यन्त्र उपकरण खरिदका लागि १० लाख रूपैयाँ, मौरीपालन गर्ने कृषक, समूह तथा सहकारीहरुको सहलगानीमा मह प्रशोधन, भण्डारण तथा बजार व्यवस्थापन प्रवद्र्धनका लागि १० लाख रूपैयाँ, व्यावसायिक केरा प्रशोधन तथा बजार व्यवस्थापनका लागि ६ लाख रूपैयाँ, शीतभण्डारका लागि १ करोड २५ लाख रूपैयाँ छु्ट्याइएको खैरहनीकी उपमेयर सुनिता थपलियाले बताइन् ।

कृषि उत्पादनलाई बढाउन सिंचाइका लागिमात्रै ३ करोड ४५ लाख रूपैयाँ पनि विनियोजन गरिएको उनले बताइन् ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया