• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
10 12 19, Tuesday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

निर्देशिका लागू गर्न पानी उद्योगीलाई आग्रह

चितवन पोष्ट
August 6, 2019
अर्थ, समाचार
निर्देशिका लागू गर्न पानी उद्योगीलाई आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले जिल्लामा उत्पादित पानी उद्योग सञ्चालकहरुलाई शुद्धता र स्वच्छतामा ध्यान दिन आग्रह गरेको छ ।

मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानीलाई शुद्धतामा ध्यान दिनको लागि पानीको निर्देशिकामा भएका स्वच्छतासम्बन्धि प्रावधानलाई लागू गर्न सोमबार नारायणढमा अन्तत्र्रिmया नै आयोजना गरेर सुझाव दिएको हो । पानीबाट मानव स्वास्थ्यमा हुन सक्ने संक्रमणको जोखिम रोक्नको लागि पनि खानेपानीको शुद्धतामा ध्यान दिनुपर्ने डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले जानकारी दिए ।

उद्योगमा पानीको गुणस्तरीयता, उद्योगबाट निस्कने फोहोर व्यवस्थापन, भण्डारण र प्याकेजिङजस्ता विषयमा ख्याल गर्न उनले सुझाव दिए । चितवन जिल्लामा करिब एक वर्षअघि नै सबै पानी उद्योगीहरुलाई स्वचालित मेशिनको प्रयोग गर्न निर्देशन गरिएको थियो । सरकारी नीतिअनुसार नै जिल्लाका सबै उद्योगीले खानेपानीको लागि स्वचालित मेशिन जडान गरिसकेकोले दोस्रो चरणको कार्यक्रममा प्रवेश गरिएको कार्यालयका खाद्य निरीक्षक प्रदीप काफ्लेले जानकारी दिए ।

सम्बन्धितसमाचार

छ महिनामा छ सय फरार आरोपित पक्राउ

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

‘सबैभन्दा पहिले स्वचालित मेशिन अति आवश्यक थियो, त्यसैले हामीले पहिलो चरणको कार्यक्रमअन्तर्गत सबै उद्योगीलाई मेशिन राख्न निर्देशित ग¥यौँ,’ उनले भने, ‘अब पानी उद्योगीले ध्यान दिनुपर्ने अर्को मह¤वपूर्ण पाटो भनेकै निर्देशिकालाई पूर्णरुपमा लागू गर्नु हो । त्यसको लागि प्रयोगशाला, रेकर्ड किपिङ (मेशिन सफा गर्ने, सामान फेर्ने, फिल्टर गर्ने आदि) राख्ने काम गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

‘रेकर्ड किपिङमा हामी ज्यादै कमजोर भयौँ,’ उनले भने, ‘अब सबै उद्योगमा हामी अनुगमन गरेर रेकर्ड किपिङ गरेको छ कि छैन भनेर जाँच गर्छौँ । जाँच गर्ने क्रममा नियमसंगत भएको नपाइए कानुनअनुसार कारबाही हुन सक्छ ।’ उक्त कार्यक्रममा बोल्दै खानेपानी प्रयोगशाला भरतपुरका वरिष्ठ ल्याब प्रमुख योगेन्द्रप्रसाद देवले गुणस्तरीय खानेपानीको लागि खनिज पदार्थको मात्रा सन्तुलित हुनुपर्ने बताए ।

विश्व स्वास्थ्य संगठनले तोकेअनुसारका मापदण्ड पूरा गरेर मात्रै बजारमा आफ्नो उत्पादन पठाउन उनले सुझाव दिए । चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले भने सबै पानी उद्योगीहरुले पानीको निर्देशिकालाई पूर्णरुपमा लागू गरिदिने हो भने कुनै समस्या नहुने तर्क गरे । मानव स्वास्थ्यको लागि अति आवश्यक पदार्थ भएकोले सामान्य त्रुटिसमेत हुन नहुने उनको भनाइ छ ।

ताजा समाचार

हत्या आरोपमा चार जना पक्राउ : मोबाइलको कल डिटेलबाट समातिए अपराधी

छ महिनामा छ सय फरार आरोपित पक्राउ

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

बोलेरोको ठक्करबाट प्रहरी हबलदारको मृत्यु

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

वन संरक्षणसँगै पर्यटकीय गतिविधिमा सक्रिय सेतीदेवी

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक