भरतपुर, । लायन्स क्लब अफ बागिश्वरी सेन्ट्रल तथा जनजागृती नमूना समाज, आँपटारीको संयुक्त आयोजनामा शनिबार भरतपुर–२, आँपटारीमा कानूनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुका लागि व्यवहारीक तथा कानूनी पक्षको बारेमा जानकारी दिने उद्देश्यले कानूनी साक्षरता कार्यक्रम गरिएको हो ।
कानूनी साक्षरता अभियान अन्तर्गत विभिन्न क्षेत्रमा संलग्न रहेका महिलाहरुलाई विभिन्न किसिमका दैनिक जीवनमा आइ पर्ने कानूनी प्रकृयाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रम लायन्स क्लव अफ बागिश्वरी सेन्ट्रलका चार्टर प्रेसिडेन्ट तथा अधिवक्ता विनोद मिश्र, जलदेवी आमा समुह ‘ख’ समाजसेवी उपेन्द्र रिजाल, जनजागृती नमूना समाजका सह–सचिव ऋषिकेश अर्यालको विशेष सक्रियतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा चितवन जिल्ला अदालत बार एशोसियसनका सचिव खगराज कंडेल, सदस्य टेकनारायण न्यौपाने र क्लवका चार्टर प्रेसिडेन्ट अधिवक्ता विनोद मिश्रले कानूनी पक्षको बारेमा तथा आचार्य लक्ष्मण भण्डारीले दर्शन र न्यायका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम जनजागृती नमूना समाजका अध्यक्ष विनोद क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post