–मुक्त उदास
जीवन रङ्गमञ्चको बहाना जस्तो
नाटकहरु देखिए पुराना जस्तो
आफ्नै पीडा ठूलो लाग्छ इन्सानलाई
अरुको त लाग्छ मात्र ससाना जस्तो
मेरो छातीमा देशको नक्सा कोर्नु भनी
सालिक बनेछ सफेद पाना जस्तो
मलाई यो जिन्दगी यस्तो लाग्ने गर्छ
भत्केको घर चुहिएको छाना जस्तो
हामीहरु केवल कैदी भएका छौँ
यो देश पनि भएको छ थाना जस्तो
Discussion about this post