ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कृषि यान्त्रिकीकरण नीति ल्याउँदै सरकार

by चितवन पोष्ट
२०७० फाल्गुन १०, शनिबार ०३:०२ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । नेपाल सरकार कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले सरकारले कृषिमा यान्त्रिकीकरण नीति ल्याउन लागेको बताएका छन् । कृषिसचिव खनालले शुक्रबार नारायणगढमा पहिलो राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनीको उद्घाटन गर्दै कृषिमा आधुनिकीकरण भित्र्याउनको लागि कृषिमा यान्त्रिकीकरण आवश्यक भएको बताए ।
सचिव खनालले त्यसको लागि सरकारले यान्त्रिकीकरण नीति तयार गरेको र चालु आर्थिक वर्षको अन्त्यसम्म लागू हुने जानकारी दिए । नीतिको अभावका कारण कृषि यन्त्रहरु नेपाल भित्र्याउन समस्या भएको तथा अनुदान तथा भन्सार छुटमा समेत समस्या उत्पन्न भएको उनले स्वीकार गरे ।
‘अहिले कुन यन्त्र कृषि हो या होइन भन्ने छुट्याउन नसक्दा कृषि यन्त्रहरुमा भन्सार छुट तथा अनुदान सिफारिसमा समस्या आएको छ’, कृषि सचिव खनालले भने, ‘नीति आइसकेपछि कृषि यन्त्र आयातमा भन्सार छुट तथा अनुदान बढ्ने छ ।’
नेपालमा खेतीयोग्य जमिन मजदुर अभावमा बाँझो रहेको बताउँदै त्यसलाई रोक्नुपर्ने उनले बताए । ‘अहिले खेतीयोग्य जमिन मजदुर अभावमा बाँझै छन्, आयआर्जनका लागि प्लटिङ गरेर बेचिँदै छ’, सचिव खनालले भने, ‘मजदुर अभावलाई न्यूनीकरण गर्नका लागि पनि नेपालको कृषिलाई यान्त्रिकीकरण गर्न आवश्यक छ ।’
नेपालको विकास कृषिको विकासले मात्र सम्भव भएको भन्दै सचिव खनालले आयातीत बस्तुको व्यापारबाट चलेको नेपाली अर्थतन्त्र धेरै नटिक्ने बताए । एक अर्को प्रसङ्गमा सचिव खनालले सरकारले करार खेती ऐनको मस्यौदा भइरहेको बताए । संविधानसभा बनेको र संसदको बैठकमा ऐन पेश गरिने उनले बताए । ऐन आएपछि जमिन नभएकाहरुलाई पनि खेती गर्न प्रोत्साहन गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक डा. दिलबहादुर गुरुङले नेपालको कृषि प्रणाली परम्परागत र निर्वाहमुखी भएको बताउँदै व्यवसायिक बनाउनुपर्ने बताए । उनले युवाहरुलाई कृषि व्यवसायमा आकर्षित गर्नुपर्नेमा जोड दिए ।
कार्यकारी निर्देशक गुरुङले त्यसका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्ने र त्यसलाई व्यवस्थित गर्न स्पष्ट कृषि यान्त्रिकीकरण नीति आवश्यक रहेको बताए । ‘हाम्रा उत्पादनलाई नाफामुखी व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ’, उनले भने, ‘त्यसका लागि चुनौतीहरु छन्, तर यान्त्रिकीकरणबाट यो सम्भव छ ।’
कृषिको विकासका लागि नेपालको भू–बनोटअनुरुप यन्त्रको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । ‘हाम्रा परम्परागत हलो र कोदालोले युवालाई कृषिमा आकर्षित गर्दैनन्’, उनले भने, ‘त्यसका लागि उचित यान्त्रिकीकरण आवश्यक छ ।’
नार्क कृषि यान्त्रिकीकरणको अनुसन्धान गरिरहेको उनले जानकारी दिए । एक फरक प्रसङ्गमा गुुरुङले नाकले जीन बैंक स्थापना गरिसकेको र आगामी पाँच वर्षमा त्यहाँ १०० वर्षसम्म बीउ सुरक्षित गर्नसक्ने क्षमता विस्तार गरिने जनाए ।
कृषि यान्त्रिकीकरणको प्रसार–प्रसारका लागि कृषि मन्त्रालय, नार्क उद्योग वाणिज्य महासंघका कृषि समितिको आयोजनामा प्रदर्शनी भएको हो । प्रदर्शनी १२ गतेसम्म चल्ने छ । ७० स्टल रहेको प्रदर्शनीमा १६ देशका ५०० भन्दा बढी प्रकारका कृषि यन्त्रहरु प्रदर्शनमा राखिएका छन् । नेपालमा पहिलोपटक १९२४ मा ट्याक्टर भित्रिएको थियो । जुन पहिलो कृषि यन्त्र मानिन्छ ।

Related Posts

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In