ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

मन्त्रिमण्डल विस्तारको अन्योल हट्ने ः प्रधानमन्त्री

by चितवन पोष्ट
२०७० फाल्गुन १०, शनिबार ०२:५८ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    काठमाडौँ । प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रिमण्डल विस्तारमा देखिएको अन्योललाई आपसी संवादबाट हट्ने बताउनुएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा विभिन्न पार्टीका सभासद्ले नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई बधाई तथा शुभकामना दिएपछि सम्बोधन गर्दै उहाँले सरकारमा अधिकतम दलको सहभागिता गराउन भगीरथ प्रयत्न विश्वास पनि व्यक्त गर्नुभयो ।  प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र नयाँ संविधान बनाउन सबै दलले निर्वाचनका बेला व्यक्त गरेको सङ्कल्पले दलहरूको परिपक्वता र जिम्मेवारीबोध व्यक्त गरेको भन्दै अघिल्लो संविधानसभाले पूरा गर्न नसकेको संविधान निर्माणको जटिल कार्य पूरा गराउने अठोट व्यक्त गर्नुभयो ।
राष्ट्रपतिले गत साता आफूलाई सातबुँदे निर्देशन दिएको भनी उठेको आवाजका सम्बन्धमा स्पष्ट पार्दै उहाँले त्यसलाई नियमित भेट र समसामयिक विषयप्रति राष्ट्रपतिको चिन्ताका रुपमा लिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निर्वाचनका समयमा सदनमा देखिएको उच्च सहमतिको संस्कारको प्रशंसा गर्दै नेम्वाङलाई एक वर्षभित्र संविधान जारी गर्ने कार्यमा सफलता मिलोस् भनी कामना गर्नुभयो ।
सभासद्ले आफूलाई दिनुभएको शुभकामना, गुनासा र आलोचनाबाट प्रेरणा लिँदै अघि बढ्ने प्रण गर्दै प्रधानमन्त्री कोइरालाले सरकारले पारदर्शिता, सुशासन, जिम्मेवारीपन र  शान्ति स्थायित्वमा ध्यान दिँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गराउन र  विकास निर्माणका कार्यमा प्राथमिकता दिइने जानकारी दिनुभयो ।
उहाँले नेपालमा परिवर्तन र विकासका लागि विसं २००७ देखि भएका विभिन्न आन्दोलन र क्रान्ति तथा बलिदानको परिणामबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्नुपर्ने खाँचो  औँल्याउनुभयो । प्रधानमन्त्री कोइरालाले निष्पक्ष र शान्तिपूर्णरुपमा संविधानसभाको निर्वाचन सम्पन्न गराउने तत्कालीन अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष, निर्वाचन आयोगलगायतप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले एक दशक लामो सशस्त्र युद्धलाई शान्ति सम्झौताको बाटामा ल्याउन भूमिका निर्वाह गर्ने राजनीतिक नेता र अगुवालाई स्मरण गर्दै भन्नुभयो–म प्रधानमन्त्री भए पनि आफू  एक साधारण परिवारको सदस्य हुँ, प्रधानमन्त्री पनि मानिस नै भएकाले यो पदमा रहँदा गल्ती हुन सक्छ । रासस

Related Posts

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत : कांग्रेस

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा सुकुमबासीलाई लालपुर्जा वितरणको काम नरोकिने

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In