भरतपुर । दिगो शान्ति स्थापनाका लागि स्थानीय तवरबाट गरिएका गतिविधिलाई तीब्र बनाउनुपर्ने भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
स्थानीय शान्ति समिति चितवनले आयोजना गरेको गाउँ विकास समितिस्तरीय शान्ति समितिका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रममा बोल्ने वक्ताहरु वक्ताहरुले द्वन्द्वका अवशेषलाई हटाउन गाउँ स्तरबाट बनेका शान्ति समितिका पदाधिकारीहरुको महत्वपूर्ण योगदान रहने बताएका हुन् ।
राजनैतिक दलहरुले गरेका सहमतिहरु कार्यान्वयन नहुँदा देशमा दिगो शान्ति स्थापना हुन नसकेको उनीहरुको भनाइ छ । जिल्ला अदालत चितवनका न्यायाधीश विनोदमोहन आचार्य प्रमुख अतिथि रहेका थिए ।
वक्ताहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नभएसम्म कानुन बनेरमात्रै त्यस्ता घटनाहरुको उचित समाधान नहुने बताएका छन् । कार्यक्रममा स्थानीय शान्ति समितिका सदस्यहरु राजेन्द्र पौडेल र बालकृष्ण पौडेलले विस्तृत शान्ति सम्झौता र यसको कार्यान्वयन, शान्ति निर्माणमा सूचना तथा सञ्चारको उपयोग र मह¤व विषयक कार्यपत्र पेश गरेका थिए ।
स्थानीय शान्ति समिति चितवनका संयोजक जीतनारायण श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका अध्यक्ष हरिप्रसाद न्यौपाने, विष्णु वाग्ले, निशा न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा १९ वटा गाउँ विकास समितिमा रहेका शान्ति समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Discussion about this post