नवलपरासी । यस वर्षको एसएलसी परीक्षाका लागि जिल्लामा ३९ वटा परीक्षा केन्द्र तोकिएको छ । आगामी चैत्र ६ गतेदेखि सुरु हुने परीक्षाको लागि अघिल्लो वर्ष परीक्षा सञ्चालन भएका केन्द्रहरुलाई नै निरन्तरता दिइएको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ ।
कार्यालयका परीक्षा शाखाका पशुपति भट्टराईले दिएको जानकारीअनुसार देशभरबाट होम सेन्टर हटाउने निर्देशनबमोजिम यहाँ पनि होम सेन्टर हटाइएको छ । नवलपरासीको पहाडी क्षेत्रलाई ध्यानमा राखेर पहाडी क्षेत्रको डेढगाँउ र बुलिङ्टारमा २ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।
त्यस्तै नवलपुर क्षेत्रका पहाडी दुईसहित २३ वटा र दाउन्नेदेखि पश्चिम परासी खण्डमा १६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
यसैबीच, जिल्लाका कतिपय विद्याल्लयहरुले परीक्षामा सहभागी हुने पूरा विद्यार्थीहरुको विवरण छिटो पठाउनसमेत कार्यालयले निर्देशन दिएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्ष एसएलसी परीक्षाका लागि देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।
Discussion about this post