नवलपरासी । जिल्ला निर्वाचन कार्यालय नवलपरासीले फोटोसहित मतदाता नामावली दर्ता कार्य पुनः सुरु गरेको छ । यसअघि नामावलीमा नाम दर्ता गर्न छुटेका र नयाँ नागरिकता बनाएकाहरुलाई लक्षित गरी दर्ता थालिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरहरि घिमिरेले जानकारी दिए ।
नागरिता प्राप्त गरेका व्यक्तिहरुले आफ्नो नागरिताको सक्कल प्रमाणपत्रसहित निर्वाचन कार्यालयमा उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने निर्वाचन कार्यालयले जनाएको छ ।
स्थायी ठेगानाबाहेक अन्य स्थानबाट दर्ता गराउन चाहेमा, बसाइँ सराइ, विवाह दर्ता, जग्गाधनी दर्ताआदिको प्रमाण–पत्र लिएर उपस्थित हुन र आवश्यक त्रुटी सच्चाउन पनि कार्यलयमा निवेदन संकलन भइरहेको प्रमुख घिमिरेले जानकारी दिए ।
Discussion about this post